सुनसरी । वैदेशिक रोजगारीबाट फर्काउने कार्यमा खटिएका नेपाल वायुसेवा निगमका तिन चालक सहित १४ कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
११ जना उडान कर्मचारी र तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएको पाइलट तथा कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको बताइएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा विभिन्न गन्तव्यमा खटिएका पाइलट तथा कर्मचारीमा कोरोना संक्रमण भएको निगम स्रोतले जानकारी दिएको छ ।
होटल क्वारेन्टाइनमा बसेका लाई कोरोना संक्रमण पुष्टि भए पछि होटल नै सिल गरिएको छ ।