धनकुटा / तमोर नदी स्थित विश्रान्ति बृदा आश्रम, धनकुटामा बृहत निशुल्क स्वास्थ्य शिविर तथा खाध्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार, लायन्स क्लव अफ हेल्थि नेसन र लायन्स क्लव अफ दन्तकालीको आयोनामा कार्यक्रम सम्पन्न भएको हो । शिविरमा ५० जनाको स्वास्थ्य परिक्षण गरी औषधि वितरण र रगत संकलन समेत गरिएको थियो ।
संकलन गरिएको रगत धरान स्थित विर्तामोड षईगोनोस्टिक सेन्टरमा जाँच गरिने लायन्स क्लव अफ हेल्थि नेसनका महासचिव नरेन्द्र देवले बताए ।
रगतको परिक्षण र रोगको पहिचान पछि आवश्यकता अनुसार उपचार गरिने युवा अभियन्ता डाक्टर देवराज घिमिरेले बताए ।
लायन्स क्लवले देशको विभिन्न क्षेत्रमा समाजिक कार्य संचालन गरिरहेको जानकारी गराउदै धरानमा आफुहरुले सकृय भएर स्वस्थ्य र समाजको क्षेत्रमा काम गरिरहेको लायन्स क्लव अफ दन्तकालीका सरस्वती सुवालले भने ।
यस अघि पनि क्लवले खाना वितरण र स्वास्थ्य शिविर संचालन गरेको स्मरण गर्दै यस पटक पनि सहयोग गरेकोमा वृद्ध आश्रमका तर्फबाट पदम प्रसाद काफ्लेले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमा क्लवकार पदाधिकारीहरु चिकित्सकहरुको समूह र स्थानीय समाजसेवीहरुको बाक्लो सहभागिता रहेको थियो ।