सुनसरीमा १० संक्रमित थपिए, प्रदेशभर कूल संख्या ५१९

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको कोसी क्वारेनटाइनमा ८ जना र देवानगन्जस्थित क्वारेनटाइनमा २ जनामा कोरोना देखिएको हो ।

जसमा ६ जना पुरुष र ४ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा कोरोना संक्रमितको सख्या ८५ पुगेको छ ।

यता, विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका विराटनगर ६ का ३१ वर्षीय पुरुष र २१ वर्षीया महिलामा संक्रमण देखिएको हो ।

उनीहरु सबैको विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा कोरोना परीक्षण भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १० जना पुगेको छ ।

आजै झापाको दमकमा २ पुरुष र १ महिला तथा मेचीनगर नगरपालिकामा एक जनामा पुरुषमा संक्रमण देखिएको छ । योसंगै प्रदेश १ मा संक्रमितको संख्या ५१९ जना पुगेको छ ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved