यातायात मजुदर संगठनको ४१ औं वार्षिकोत्सवमा रक्तदान

  • असार ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनका कारण रक्तदान कार्यक्रमहरु हुन नसक्दा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ब्लड बैंकमा रगतको अभाव भइरहँदा यातायात मजदुरहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर समितीले मंगलबार धरान स्थित लोकतान्त्रीक चौतारीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

संगठननको ४१ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १३ पिन्ट रगत संकलन भएको छ ।

raktadan 2 copy

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा यातायात मजदुरहरु सहित धरानका स्थानीय, विद्यार्थीहरुले रक्तदान गरेका थिए ।

लकडाउनको समयमा संगठनले यातायात मजदुर लाई राहत स्वरुप खाद्यान्न वितरण गर्दै आएको छ, यसै बिच वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि गरेको संगठनका नगर समिती अध्यक्ष कमल भट्टराईले बताए ।

उनका अनुसार रक्तदान कार्यक्रम पश्चात वार्षिकोत्सवकै अवसरमा २५ हजार मुल्य बराबरको ३० जना यातायात मजदुरहरुलाई खाद्यान्न सामग्री पनि वितरण गरिएको छ ।

खाद्यान्न सहयोग इटहरी स्थित कामधेनु दुग्ध सहकारी संस्थाले सहयोग गरेको उनले बताए ।

raktadan 1 copyरक्तदान कार्यक्रमको प्रमुख अतिथी संगठनका केन्द्रिय सदस्य लक्ष्मी बाँनिया रहेका थिए भने नेकपा धरानका इन्चार्ज चोत्लुङ, नगरअध्यक्ष नारायण सुवेदी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नम्बर १ का संयोजक सरोज श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved