पथरीमा घरबहाल बेहाल बन्दै

  • असार ४, २०७७
  • "भूमिप्रसाद पाठक"
alt फाइल फोटो

 पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा लक डाउनको विषम परिस्थितिमा पनि घरभाडा छुट विषय कार्यान्वयनमा आएको छैन । लक डाउन लागू भएसँगै दैनिक आर्जन अभावमा घरभाडामा बस्नेका लागि राहतस्वरुप लक डाउन अवधिभरको घरभाडा नलिन नेपाल सरकारले निर्देशन गरेको थियो ।

यससम्बन्धी केही आन्तरिक व्यवस्था सहित प्रदेश सरकारले पनि यसलाई निरन्तरता दियो । स्थानीय सरकारको कार्यक्षेत्रभित्र आइपुग्दा यसलाई अनिवार्य कार्यान्वयनमा ल्याउन नगरले सरकारले तदारुकता दियो । तथापि, पथरीबजार क्षेत्रलगायत कतिपय क्षेत्रमा भने घर मालिकले घरभाडा लिन निकै ताकेता गरिआएका छन् ।

पथरी शनिश्चरे नपा वडा नं. १ शान्तिमार्गस्थित छवि घिमिरेको घरबहालमा बस्ने कविता गुरुङ कार्कीलाई घिमिरेले दुई महिना बराबरको घरबहाल छुट दिएको बताएका छन् भने सोही वडाभित्र एकता चौकस्थित सुरेश कट्वालको घरबहालमा बस्ने इन्दिरा भण्डारीले सरकारले दिएको छुट आफूले नपाएको गुनासो पोखिन् । सोही घरमा बस्ने माया कार्कीले पनि गुनासो यस्तै छ । लक डाउनका कारण जनजीवन अभावमा बाँचेको छ । दैनिक खर्चसमेत छैन । पैसा नभएको अवस्थामा पनि घर मालिकको ताकेता बढी भएपछि ऋणपान गरेर घरभाडा चुक्ता गरेको उनले थपिन् ।

बैंकबाट चर्को ब्याज दरमा ऋण लिएर घर बनाएको हुन्छ । तिरोभरोको क्रममा आफूले अहिलेसम्म कुनै पनि विषय शीर्षकमा केही छुट नपाएकोले गर्दा घरबहालमा पनि छुट दिन नसकिएको घर मालिक यशोदा बराल कट्वालले जवाफमा भनिन् । दयामाया राख्दा त हुने हो, तर यस्तो अवस्था थिएन, सकिएन क्रमशः उनले प्रसङ्ग जोडिन् ।

घरभाडा र घरबहालका सन्दर्भमा नगर उपप्रमुख यमुना बिष्ट बास्तोलासँग बुझ्दा उपप्रमुख बिष्टले यो माननीय सहयोगको बेला हो । एकले अर्कोलाई सहयोग गर्नुपर्ने हो । कमसेकम दुई महिनासम्मको छुट दिएको भए मानवीय सेवाका दृष्टिकोणले पनि राम्रो हुन्थ्यो उनले भनिन् । यहिँ विषयमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतसँग साक्षतकार लिँदा घरबहालसम्बन्धी व्यवस्थाबारे सरकारले नै बोलिसकेपछि घर मालिकले बुझिदिनुपर्ने हो । किन नबुझेको हो म प्रस्ट छैन । केही भनिहाल्न सक्ने अवस्थामा छैन । यदि, घरबहालको अवस्था बेहाल हो भने सम्बन्धित वडा कार्यालय वा नगर सरकारले जवाफदेहिता लिनुपर्छ अध्यक्ष बस्नेतले गम्भीरतापूर्वक लिनुभयो ।

 

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved