धरान/ धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनिहरु सबै गत जेठ १४,१५,१७ गते विपीको आइसोलेसनमा भर्ना भएका थिए ।
प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११४ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ५४ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।