इनरुवाको दमकल बनाउन नगरपालिकालाई भिक्षादान

  • असार २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । वर्षौ देखि बिग्रिएर थन्किएको सुनसरीको इनरुवा नगरपालिकाको दमकल नगरपालिकाले नै बनाउन नसकेको भन्दै स्थानीयले भिक्षादान गरेका छन् ।

इनरुवामा पटक पटक आगलागी हुँदा पनि दमकल मर्मत सम्भार गर्न नसकेको भन्दै मंगलबार स्थानीयले सडकमै भिक्षा मागेका थिए । भिक्षा वापत उठेको रकम नगरपालिकालाई दमकल मर्मतका लागि दिने भएका छन् ।

दुई दिन अघि इनरुवाको बिच बजारमै रहेको हनुमान बस्त्रालयबाट शुरु भएको आगलागीले करिब ५ करोड मुल्य बराबरको क्षति गरेको थियो ।

समयमै आगो नियन्त्रण हुन नसक्दा ४ वटा पसल जलेका थिए । इनरुवामै रहेको दमकल बिग्रीएको र छिमेकी नगरबाट दमकल ल्याएर आगो नियन्त्रण गर्न करिब ५ घण्टा भन्दा बढी समय लागेको थियो ।

स्थानीय सरकारले वर्षौ देखि बिग्रिएर थन्किएको दमकल मर्मत गर्न नसकेको भन्दै स्थानीयहरु भिक्षादानमा निस्कीएका हुन् । दर्जनौँ आगलागी नियन्त्रणमा समस्या भएको भन्दै महिलाहरूले साकेंतिक भिक्षाटन सुरु गरेको हो । महिला नेतृ तोया गिरि, कानुन अधिकारी सहितको अगुवाइमा सयौँ व्यक्तिको सहभागीतामा भिक्षाटन गरेको छ । उनीहरुले हाम्रो नगरपालिका दमकल पनि बनाउन नसक्ने गरि गरिब भयो, त्यसैले भिक्षा दिउँ भन्दै भिक्षा मागेका थिए ।

मंगलबार महिलाहरुले सदरमुकाम इनरुवा १ को शान्ति चौकबाट प्रति व्यक्ती वा परिवारसंग पाँच रुपियाँका दरले साकेंतिक सहयोग स्वरुप भिक्षा माग गरेको महिला अगुवा कानुन अधिकारीले जानकारी दिईन । नगरभरी संकलन गरेको दुई कार्टुन रकम जस्ताको तस्तै इनरुवा नगरप्रमुख राजन मेहता र कार्यापालिकालाई बुझाएको अधिकारीले बताईन ।

सहयोग गर्नेहरुले छिटोभन्दा छिटो साकेंतिक सहयोगको दबावमा दमकल ल्याउनुपर्ने र नयाँ अर्को दमकल समेत किन्नुपर्ने माग गरेका छन् ।

नगरपालिकाको एक करोड बढी रकम इन्धनमा खर्च हुने गरेको लाख रुपियाँ खर्च गरेर मर्मत हुने दमकल मर्मत सम्भार नगरेकाले नगार माहिलाहरुलाई दमकलका भिक्षा माग्न बाध्य गरेको महिला अगुवा टिका आर्चायले बताईन् ।

कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पु, नेता पोष्टकुमार नेपाल, रामप्रसाद मेहता, नगर अध्यक्ष तिर्थ अधिकारी, रमेश तिम्सिना लगायतले ६÷६ रुपैया भिक्षादानमा सहयोग गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved