जनमुक्ति पार्टीद्वारा सरकारलाई खबरदारी

  • असार १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । राष्ट्रिय जनमुक्ति पार्टीले एमसिसि लगायत बढ्दै गरेको कोभिड १९ को चुनौतीलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने किसिमको शर्त एवं प्रावधान सहित आएको एमसिसि सार्वभौम संसदले अनुमोदन गर्न नहुने भन्दै सबै दलहरुलाई खबरदारी र ध्यानाकर्षण गराएको छ ।

केन्द्रिय अध्यक्ष केपी पालुङवाले विज्ञप्ती जारी गर्दै जेठ ३१ गते संघीय संसदले नेपालको लिम्पियाधुरा लिपुलेक कालापानी सहितको भुमि समेटेर नयाँ नक्सा सम्बन्धी प्रस्तावलाई पारित गरेकोमा स्वागत गरेका छन् ।

त्यसै विज्ञप्तीमा मुलुकमा बढ्दै गएको कोभिड १९ को चुनौतिलाई सरकारले प्रभावकारी निराकरण गर्न नसकेको ठहर गर्दै कोभिड १९ विरुद्धको अभियानमा सर्वपक्षिय विशेष संयन्त्र तत्काल केन्द्र देखि स्थानीय तह सम्म गठन गर्न माग गरेको छ ।

कोभिड १९ नियन्त्रणको नाममा सरकारी निकायबाट भएको भ्रष्टाचारको अख्तियारद्वारा तत्काल छानबिन गर्न माग गर्दै आर्थिक वर्ष २०७७÷७८ को बजेटले कोरोना महामारीद्वारा सिर्जित आर्थिक असन्तुलन र विपत्तिलाई सम्बोधन गर्न, कृषिलाई उकास्न, लघु तथा घरेलु उद्यमलाई प्रोत्साहित गर्न र विद्युतीय सवारीलाई सर्वसुलभ गराउन तर्फ कुनै विशेष कार्यक्रम नल्याउनु खेदजनक रहेको जनाएको छ ।

विज्ञप्तीमा जनबलबाट प्राप्त संघीय व्यवस्था र धर्म निरपेक्षता प्रति केही पक्षले गरेको कटाक्ष र त्यसको खारेजीको माग जनताको बलीदानको अवमुल्यन रहेकाले सरोकारवालाहरु सचेत र संगठित ढ्ङगले अघि बढ्न अपिल गरेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved