रुकुम पश्चिम नरसंहार घटनाको अध्ययन गर्न पुगेका पत्रकारको टोलिलाई रोकेको घटना प्रति छानबिन गर्न माग (विज्ञप्ती सहित)

  • जेठ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । रुकुम पश्चिम चौरजहारीमा भएको नरसंहारको स्थलगत अध्ययनका लागि लागि पुगेका दलित समुदायका पत्रकारलाई प्रवेशमा बन्देज गरेको भन्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले छानबिनका लागि माग गरेको छ ।

संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई रोकिएको घटनाको छानबिनको माग गरेका हुन् । संघका केन्द्रिय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईलीको नेतृत्वमा ९ सदस्यीय मिशन टोलि जाजरकोट र रुकुम गएको थियो ।

मिसन टोलिमा रहेका संघका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्मा, कर्णाली प्रदेश कमिटीका अध्यक्ष खगेन्द्र सुनारलाई गत जेठ २२ गते बिहान सल्यानको सिमाना सल्लीबजार नजिकै बालुवासंग्रही भन्ने ठाउँमा सल्यानको प्रहरीले जाजरकोट प्रवेशमा रोक लगाएका थिए ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गृहमन्त्रीको आदेशले रोकेको पत्रकार सुनारले बताए । विज्ञप्तीमा लेखिएको छ, ‘प्रवेशमा रोकको घटनाले स्वतन्त्र पुर्वक हिड्न पाउने नागरिकको अधिकार कुण्ठित मात्र गरेको छैन्, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएको छ, पत्रकारलाई घटना अध्ययन र समाचार संकलनमा रोक लगाउनु निरंकुशताको पराकाष्ठ हो, लोकतन्त्रको विरुद्धमा छ, गैरकानुनी काम प्रशासनबाटै भएकाले घटनाको छानबिन र संलग्नलाई कारवाहीको माग गर्दछौं ।’

रुकुम नरसंहार घटनाको थप सत्यतथ्य बाहिर ल्याउने काममा प्रशासनबाट अवरोध हुनुले घटनाको ढाकछोपमा स्वयंम प्रशासन नै सक्रिय भएको हो कि भन्ने आशंका रहेको उल्लेख गरिएको छ ।

सिमामा रोकिएका पत्रकारलाई तत्काल रिहा गरि रुकुम नरसंहारको समाचार संकलनको वातावरण बनाउन संघले माग गरेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved