धरान : धरान-१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आज बिहान आगलागी भएको छ ।
आगलागिमा परेर २ जनाको जलेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार दुई जना आमा र छोरीको जलेर मृत्यु भएको छ ।
आगलागीको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगो नियन्त्रणकालागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेको छन् ।