विभेद उन्मुलन दिवशमा रुकुम पश्चिम नरसंहारका दोषिलाई कारवाहीको माग

  • जेठ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । १४ औं जातिय छुवाछुत तथा विभेद उन्मुलन दिवश जेठ २१ को अवसरमा रुकुम पश्चिमका नरसंहारका दोषिलाई कारवाहीको माग गर्दै धरानमा श्रद्धान्जली सभा तथा खबरदारी सभाको आयोजना गरिएको छ ।

संयुक्त राष्ट्रिय दलित संघर्ष समिती सुनसरीको आयोजनामा धरानको भानुचौकमा श्रद्धान्जली सभा तथा खबरदारी सभामा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य उमिता बराइलीले सरकार सहित राजनितिक दलहरुलाई खबरदारी गर्नुपर्ने आवश्यक्ता रहेको बताईन् । दलित समुदायमाथि हुने विभेदको अन्तयका लागि संघ, प्रदेश र स्थानीय तहमा छुट्टै संयन्त्र खडा गर्नुपर्ने उनले बताईन् ।

उनले रुकुम पश्चिमको घटनाका दोषिलाई कडा कारवाही गर्न माग गर्दै घटनालाई अन्यत्रै मोड्ने जो कोहीलाई पनि छाड्न नहुने उनले बताईन् । उनले भनिन्, हामीले सदनबाट पनि पिडितलाई कारवाही गर्न कुरा उठाईरहेका छौं, सडकमा दलित अधिकारकर्मीहरुले पनि आवाज उठारहेको अवश्थामा कुनै पनि हालतमा पिडकले उन्मुक्ति पाउने नहुने बताईन् ।

कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय सदस्य गोविन्द दर्नाल, संघका जिल्ला सचिव विजय अछामी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सदस्य डिबी शाहशंकरले कागजीरुपमा रहेको दलित अधिकार र विभेदको कानुनलाई अक्षरशः पालना गराउन दलित समुदायले अन्तिम आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । कुनै पनि पार्टीको नाममा दलित आन्दोलनलाई निस्तेज पार्न नहुने धारणा व्यक्त गरे । श्रद्धान्जली सभा तथा खबरदारी सभामा नेकपाका धरान उपमहानगर अध्यक्ष नारायण सुवेदी लगायतले आन्दोलनमा प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा गत जेठ १० गते रुकुम पश्चिमका चौरजहारी नगरपालिकामा अन्तरजातिय विवाह गर्न पुगेका नवराज विक सहित गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको श्रद्धान्जलीमा मैनबत्ति बालेर १ मिनेट मौनधारण गरिएको थियो । उनीहरुको केटी पक्ष सुष्मा मल्लका परिवारले कुटपिट गरि मारेर भेरी खोलामा फालेका थिए ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved