धरानमा लागूऔषधका कारण आपराधिक घटना हुन्छन् : डिएसपी न्यौपाने

  • जेठ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । धरानमा लागू औषध दुव्र्यसनीको कारणले आपराधिक घट्नाहरु हुने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले वताएका छन् । वुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरले आयोजना गरेको डिएसपी विदाई कार्यक्रममा उनले सो कुरा वताएका हुन् ।

डिएसपी न्यौपाने धरानबाट विदाई भएर काठमाण्डौ जाँदैछन् भने डिएसपी ज्ञानेन्द्र वस्नेत आउँदैछन् । विदाई कार्यक्रममा बोल्दै उनले भने,‘मुख्य चुनौती भनेको नै लागू औषध दुव्र्यसनी नै हो,जसका कारणले धरानमा आपराधिक गतिविधी हुने गरेको हो।’डिएपी न्यौपानेले आफ्रनो कार्यकाल अवधि भरी पेस्तोल सहित लागू औषधको कारोवारीलाई पक्राउ गरिएको वताउँदै धरानमा शान्ति सुरक्षा कायम गर्नको लागि अझै पनि चुनौती रहेको वताए ।लागू औषध दुव्र्यसनकै कारण यदाकदा छुरा काण्डका घट्नाहरु समेत हुने गरेको वताए ।

आफु पहिलो पटक आउँदा धरानमा गुण्डागर्दी मुख्य चुनौती रहेको भनिए पनि अहिले त्यस्ता खाले गुण्डागर्दी नभएको पनि वताए । उनले भने,मैले चाहिँ गुण्डागर्दी पाइन,यहाँ सामुहिक गुण्डागर्दी छैन तर आउनेहरुले कसरी लिने भन्ने कुरामा भर पर्छ।’आफु कार्यरत रहँदा यहाँका धराने जनता, राजनीतिक पाटी,संघ संस्था लगायतबाट धरानको शान्ति सुरक्षा कायम गर्नको लागि साथ र सहयोग मिलेको भन्दै धन्यवाद समेत दिए ।

विदाई कार्यक्रममा नेकपा धरान उपमहानगरका अध्यक्ष नारायण सुवेदीले धरानको शान्ति सुरक्षा कायम गर्नको लगि उत्कृष्ट काम गरेको भन्दै आगामी दिनमा सफल कार्यकालको शुभकामना दिए । पत्रकार देवन्द्र कार्कीले पत्रकार र प्रहरी वीचको संवन्ध डिएसपीको कार्यकालभरी प्रंशसनीय भएको र पत्रकारलाई सुचना प्रवाह गर्नको लागि सहयोग गरेको वताए ।

उनले भने,सन्चार माध्यममा पत्रकारको लागि सुचना प्रवाह गर्नको लािग २४ सेै घण्टा सहयोग गरेको र इमेलको माध्यमबाट पनि सुचना प्रवाह हुन थालेको छ, जस्ले पत्रकारलाई झनै सजिलो हुन थालेको छ।’त्यसैगरि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रिय सदस्य लक्ष्मी वाँनियाले यातायात मजदुरलाई परेको कठिनाई र समस्यामा जहिले पनि डिएसपीले खुल्ला ह्रदयले सहयोग गरेको भन्दै धन्यवाद दिए ।

डिएसपी विदाई कार्यक्रममा आयोजन मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईले समग्र धरान र विशेषतः यातायात क्षेत्रका मजदुर प्रति साथ र सहयोग गरेको भन्दै आगामी दिनमा पनि जहाँ रहेर भएपनि मजदुर प्रति साथ र सहयोग मिल्ने अपेक्षा सहित सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा नेकपा धरानका सदस्य राजमणि निरौला, पारस काङमाङ राई,पत्रकार विकास चाम्लिङ राई, शिशिर राई लगायत यातायात मजदुर नेताको उपस्थिती रहेको थियो ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved