विराटनगरबाट ९६० भारतीयलाई बिहारतर्फ पठाईयो

  • जेठ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । पछिल्लो छ दिनमा भारतको जोगबनी नाकाबाट ९६० जना भारतीय नागरिक भारतको बिहारतर्फ गएका छन् ।

भारतबाट नेपाल आउने क्रम नेपालका सानाठूला विभिन्न नाकाबाट बढिरहेको सन्दर्भमा प्रदेश १ को राजधानी विराटनगरको यो नाकाबाट भने दैनिक भारतीय नागरिक बिहारतर्फ गईहेका छन् ।

नेपाल र भारतीय प्रशासन तथा सुरक्षाकर्मीको समन्वयमा मानिसहरुलाई भारत पठाउने गरिएको छ ।
उताबाट पनि दुबै देशका सुरक्षाकर्मीको निगरानीमा नेपालीलाई स्वदेश फर्काउने क्रम चलिरहेको छ । गत बुधबारदेखि भारतको जोगबीन नाकाबाट नेपालीलाई भित्र्याउने र भारतीयलाई पठाउने क्रम शुरु भएको छ । पहिलो दिन नेपालीहरु मात्र आए । भारत जानेहरु थिएनन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विहीबार २०८ जना भारतीय जोगबनी हुँदै भारत फर्किए । यसैगरी शुक्रबार २७८, शनिबार १८२, आइतबार १२५ र सोमबार १६७ जना भारतीयलाई भारतको बिहारतर्फ पठाइएको छ । पहिलो दिन गत बुधबार भने स्वदेश फर्कने नेपालीहरुलाई स्वागत गर्न विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि नाकासम्म पुगेका थिए ।

पराजुलीले भने,“यता आउनेलाई विराटनगर महानगरले बनाएको होल्डिङ एरियामा ल्याई सम्बन्धित पालिकामा पठाउने व्यवस्था गरिएको छ ।” भारतीय नगारिकहरुलाई नाका हुँदै बिहारतर्फ पठाइएको छ ।
भारतका विभिन्न राज्य अनि सहरबाट जोगबनी नाका हुँदै ९९२ जना नेपाली स्वदेश फर्केका छन् । उनीहरुमध्ये धेरैलाई सम्बन्धित पालिकाहरुले आफैं यातायातका साधनमार्फत आफ्ना मानिसलाई लिएर गएका छन् । मोरङ प्रहरीका अनुसार नेपालतर्फ आउनेमा बुधबार ३०४,बिहीबार ९५, शुक्रबार २२४, शनिबार १७८, आइतबार ७५ र सोमबार ११६ जना नेपाल आएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले मानिसहरुलाई सहजतापूवर्क र दुई देशका सुरक्षा अधिकारीको समन्वयमा ल्याउने अनि पठाउने गरिएको जनाएका छन ।

प्रदेश १ सरकारले दुबै देशका नागरिक आउने र जाने नाकाका रुपमा विराटनगर–जोगबनी, रंगेली, काकडभिट्टा, पशुपतिनगर र भान्टाबारीलाई मानेको छ । ती नाकाबाट सुरक्षाकर्मीको निगरानीमा मानिसलाई एक देशबाट अर्कोमा पठाउने गरिएको छ ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved