खानेपानीको मुद्धाले धरानको कार्यपालिका बैठकनै स्थगित गरायो "आफ्नै पार्टीका नेताहरु विरोधमा उत्रिए पछि मेयर हच्किए"

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लामो समय देखि विवादित बनेको धरानको खानेपानीको मुद्धा उठ्ने बित्तिकै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक नै स्थगित भएको छ ।

आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य सहित वडाअध्यक्षहरुले खानेपानी बोर्डमा संस्थानलाई गाभ्न किन ढिलाई भएको भन्दै मेयर तिलक राई समक्ष प्रश्न उठ्न थाले पछि बैठकनै स्थगित भएको हो ।

पहिलो एजेण्डा रहेको पिसिआर जाँच गर्न भिटिएम खरिद गर्ने निर्णय पछि दोस्रो निर्णयमा प्रवेश गर्नु अघि खानेपानी संस्थानलाई बोर्डमा गाँम्ने निर्णय किन कार्यान्यवन नभएको भन्दै प्रश्न उठ्न थाले पछि बाँकीका एजेण्डाहरुमा छलफल नै नभई बैठक स्थगित भएको वडा नम्बर १३ का वडाअध्यक्ष नेत्र प्रसाद काफ्लेले बताए ।

उनका अनुसार गत फागुन महिनामै संस्थानलाई बोर्डमा गाभ्ने निर्णय भएको थियो । बोर्डको अध्यक्षनै उपमहानगरपालिकाको मेयर हुने प्रावधान रहेकाले उनले चासो नदेखाएको काफ्लेको भनाई छ ।
पछिल्लो समय मेयरकै पार्टीका नेताहरु खानेपानी असफल रहेको भन्दै विभिन्न सञ्चारमाध्यमहरु मार्फत विरोध गर्न थाले पछि मेयरले बोर्डमा गाभ्ने प्रक्रिया अघि बढाउन हच्किएको उनको दाबी छ । जनप्रतिनिधी नभएका समयमा दलिय संयन्त्रमा बसेका तिनै नेताहरु अहिले समितीमा नहुँदा उनीहरुको विरोध बढ्दै गएको पनि उनको भनाई छ ।

उनले भने, ‘हिजो दलिय संयन्त्रमा बस्दा सबै राम्रो देख्ने, अहिले समितीमा नहुँदा चै विरोध गर्दै हिड्ने, ति सबै नेताहरु मेयरकै पार्टीका भएकाले हच्किनुभएको छ ।’
सबै निकायबाट मुक्त भए पछि पनि अझै बोर्डमा गाभ्न नसक्नु मेयरले चासो नदिएको उनले बताए । बोर्डमा गाभ्ने विषयमा जहिले पनि अझै बुझ्न बाँकी छ भन्दै मेयर पन्छिने गरेको उनी बताउँछन् ।

बैठकले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न ३ प्रतिशत नागरिकहरुको पिसिआर जाँच गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको त्रासलाई कम गर्दै धरानका जनताको स्वास्थ्य सुरक्षा सुरक्षित गर्न ३ प्रतिशतको पिसिआर जाँच गर्न भिटिएम खरीद गर्ने निर्णय भएको उनले बताए । धरानका खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का दिने विषयमा भने वडाअध्यक्षहरुले अध्ययन गर्नुपर्ने भने पछि अन्य विषयमा छलफल नै अघि बढ्न सकेन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved