लकडाउन जेठभर लम्बियो, हवाइ उडान असार १६ गतेसम्म बन्द

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउन जेठ मसान्तसम्म लम्बिएको छ ।

सरकारले लकडाउन जेठ ३२ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउन फेरि १२ दिन थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ ।

कोरोना भाइरसप्रति सतर्कता अपनाउन सरकारले शुरूमा चैत ११ गते एक साताको लागि लकडाउन घोषणा गरेको थियो । त्यसपछि विभिन्न चरणमा थप गर्दै लगेको हो ।

सरकारले यसअघि लकडाउन जेठ २० गतेसम्म कायम राख्ने निर्णय गरेको थियोे । लकडाउनको म्याद सकिनु २ दिन अगावै फेरि त्यसलाई लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या अप्रत्याशित रूपमा बढिरहेको छ । मुलुकमा संक्रमित शनिबार साँझसम्म १ हजार ४ सय १ पुगेका छन् । त्यस मध्ये २ सय १९ जना भने कोरोनालाई जितेर अस्पताल घर फर्किएका छन् । अहिलेसम्म कोरोनाकै कारण ६ जनाले जीवन गुमाएका छन् ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved