धरान । सबै कार्यपालिका सदस्यहरुलाइ खबर नभए पछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ ।
कार्यपालिका बैठकका लागि निर्वाचित वडाअध्यक्ष बाहेकका ८ जना कार्यपालिका सदस्यहरुलाई खबर नगरे पछि उनीहरुको अनुपश्थित रहे पछि बैठक स्थगित गरिएको हो ।
कार्यपालिका बैठकका लागि ५ जना महिला, एकजना दलित र दुई जना अल्पसंख्यक गरि ८ जना कार्यपालिका सदस्यहरुलाई खबर गरिएको थिएन ।
आठ जना निवार्चित कार्यपालिका सदस्यहरु उपस्थित नभएको र खोजी गर्दा बैठकबारे कसैलाई पनि खबर नपुगेको थाहा भएपछि स्थगित गरिएको प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । बैठक आइतबारको लागि सारिएको उनले बताए ।
कुनै पनि बैठक गर्दा ७२ घण्टा अगाडी खवर गर्ने प्रावधान रहेको छ । तर छुटे पछि केही सदस्यहरुलाई ८ बजे पछि फोन गरिएको थियो ।
खवर ढिला गरेको भन्दैं कुनै पनि सदस्य बैठकमा सहभागी भएनन् ।