लकडाउनमै पोखरिया माविमा विद्यार्थी प्रवेश परीक्षा

  • जेठ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt पोखरिया माविले संचालन गरेको प्रवेश परीक्षामा सहभागी विद्यार्थी

विराटनगर । कलडाउन अवज्ञा गर्दै स्वास्थ्य जोखिम मोलेर विराटनगरको पोखरिया माध्यामिक विद्यालयले विद्यार्थी भर्ना गर्न भन्दै प्रवेश परीक्षा लिएको छ । विद्यालयले विद्यार्थीको समूह नै जम्मा पारेर विद्यालयमा प्रवेश परीक्षा लिएपछि टिकाटिप्पणी शुरु भएको छ ।
विराटनगर–३ मा रहेको पोखरिया माविले प्रवेश परीक्षा लिएपछि निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले सरकारी निर्देशनको अवज्ञा भएको भन्दै आपत्ती जनाएका छन् । पोखरियाले दैनिक विभिन्न कक्षाका विद्यार्थी भिंडभांड गराएर प्रवेश परीक्षा लिइरहेको छ ।

प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले अतिआवश्यक खाद्यान्न र औषधि पसलहरुसमेत सामाजिक दुरी काम गरी खुलेको अवस्थामा विद्यालयले विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड हुने गरी प्रवेश परीक्षा सञ्चालन गर्नु आपत्तीजनक भएको टिप्पणी गरेका छन् । सरकारी विद्यालयले नै सरकारको निर्देशन पालना नगरेका बस्नेतको भनाइ छ ।

सरकारले लकडाउन अगाडिदेखि नै सबै शैक्षिक संस्था बन्द गर्न निर्देशन जारी गरेको छ । पोखरीया बिहिबार नयाँ विद्यार्थी भर्ना गर्न समूह नै भेला गराई प्रवेश परीक्षा लिएको हो । पोखरिया स्कुलका प्राचार्य खेम भट्टराईले भने प्रवेश परीक्षा नलिएको बरु भर्ना फारम राएको दाबी गरेका छन । बिहीबार मात्र स्कुलमा ४ वटा कक्षाकोठामा विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले महामारीका बेला भर्चुअल र अनलाइनका कक्षामार्फत केही शैक्षिक गतिविधिहरु सञ्चालन गर्न सकिने घोषणा गरेका छन् । भौतिक उपस्थितिमै कक्षा संचालन हुने नहुने भन्ने अझै अन्योल नै छ ।

 

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved