नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन इटहरीका दलित समुदाय आन्दोलित

  • जेठ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी÷भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन इटहरीका दलित समुदाय आन्दोलित भएका छन् ।

बिभिन्न राजनीतिक पार्टीमा आवद्ध दलित समुदायका प्रतिनिधि, स्वतन्त्र दलित अधिकारकर्मी र मानव अधिकारकर्मीहरुले बिहीबार इटहरीमा व्यक्तिगत दुरी कायम गर्दै ९लकडाउनको पालना गर्दै० प्लेकार्ड बोकी इटहरीको गोलचौक परिक्रमा गरे । दलित अधिकारकर्मीहरुको आन्दोलनलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीका नगरस्तरीय नेताहरुलेसमेत साथ दिएका थिए । उक्त घटनाले आफूहरुलाई दुःखित तुल्याएको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न दलित अधिकारकर्मीले माग गरेका छन् ।

चोक परिक्रमा पछिको कोणसभालाई सम्बोधन गर्दै संविधानसभा सदस्य अनिता परियारले घटनाको सत्यतथ्य छानबिनका लागि नेपाल सरकारसमक्ष माग गरिन् । उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ । परियारले घटनाको अनुसन्धानमा सहयोग पु¥याउन सबैपक्ष सँग अपिलसमेत गरेकी छन् । साथै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बहादुरसिंह तामाङ्गले ९ज्वाला० ले गणतान्त्रिक व्यवस्थामा पनि जातीय विभेद हुनु र ज्यानै लिने किसिमको घटना हुनु दुःखदायी भएको बताए । उनले पीडितले न्याय पाउनु पर्ने बताए । त्यसैगरी नेपाल काँग्रेसका इटहरी उपमहानगर कमिटिका उपसभापति शिवराज दाहालले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन आफ्नो पार्टी लागि पर्ने बताए ।

त्यसैगरी जनता समाजवादी पार्टीका नगर सभापति डिल्ली सुब्बाले जातीय विभेदको अन्त्य हुनु पर्ने बताए । कार्यक्रमा महिला संजालकी संयोजक विमला ढकालले पनि सम्बोधन गरेकी थिइन् । साथै प्रा। डा। बद्रिविशाल पोखरेलले पनि जातिय विभेदको विरोध गरेका थिए । कार्यक्रमको संचालन सोही पार्टीकी नगर सचिव योशा गुरागाईले गरेकी थिइन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved