नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघंले ईलाम जिल्लामा पिपिई वितरण

  • जेठ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  नेपाल सुनचाँदी रत्न तथा आभुषण प्रदेश १ महासघंले ईलाम जिल्लाका लागी २० थान पिपिई र ५ हजार थान मास्क प्रदान गरेको छ । सामग्रीको करिब १ लाख २६ हजारको मुल्य परेको महासंघका प्रदेश संयोजक विसन शाक्यले बताएका छन ।

उक्त सामग्री जिल्ला प्रशासन कार्यलय ईलामको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई र सशस्त्र प्रहरी उपरीक्षक रोसन श्रेष्ठलाई प्रदान गरिएको थियो । संयोजक शाक्य सहित कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा सामग्री प्रदान गरेका थिए ।

प्रजिअ सेडाईले अहिलेको विषम परिस्थितिमा महासंघले स्वास्थ्यकर्मीका लागी पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट ९पिपिई० र माक्स सहयोग गरेकोमा धन्यवाद दिएका थिए । पिपिई र मास्क ईलामको सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेको काम गर्ने चिकित्सकहरूलाई प्रदान गरीने उनले बताए ।

महासंघको प्रदेश कमिटीका विशेष सल्लाहकार तारा सापकोटाको सल्लाह, सहयोग र समन्वयमा वितरणको कार्य सफल भएकोमा महासंघका संयोजक शाक्यले उनलाई धन्यवाद दिएका थिए । यस अघि महासंघले धरानको विपी कोइराला स्वास्थ प्रतिष्ठानको र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत चिकित्सकहरूको लागी मास्क र पिपिई प्रदान गरिसकेको उनले बताए ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved