कालाबन्जर ।वराहक्षेत्र ४ धनपुरी थलाह टोलका जनता आफ्नो गाउँ आफै बनाउने अभियानमा जुटेका छन् । उनिहरु बन्दाबन्दीको बेला सबैजना गाउँघरमै भएको अवसरमा आफ्नो टोलको साघुरो बाटो बिस्तार गर्न जुटेका हुन् ।
राहुल राइको अध्यक्षतामा समिती गठन गरि सरस्वती माबी अगाडी रहेका ३ वटा १४ फिटे बाटालाइ न्युनतम २० फिटे बनाउने काम थालिएको छ ।
सबैले श्रमदान गरिरहनु भएको छ । सामाजिक दुरि कायम गरि काम गर्दैछौ । हाम्रो योजना अनुसार लगभग ७ सय मिटर बाटो खन्नु पर्ने छ । समितीका सचिब सुशील सुहानीले बताए । यो बस्ती २०७१ ( ०७२ मा सुनसरी मोरङ सिंचाइ आयोजनाले नहर डिलका घरहरु हटाए पछि बसेको हो ।
आपत बिपत पर्दा साघुरो बाटोमा एम्बुलेन्स , दमकल समेत छिर्न नसक्ने समस्या थियो । फराकिलो बनाए गिट्टी हालिदिने वचन वडाध्यक्षले दिए पछि सबैजना मिलेर बाटो बनाउन जुटेका हौ । समितिकि कोषाध्यक्ष तारा थापाले बताइन् । आफ्ना वडाबासी जनताको बिकासमा सक्रियता देखे पछि वडाध्यक्ष आशाराम चौधरी भन्छन् । जनताले बाटो बिस्तार गरेर आफ्नो जिम्मेवारी पूरा गरेका छन् अब हामी हाम्रो जिम्मेवारी पूरा गर्छौ ।
सरकारी मापदण्ड अनुसार कम्तीमा २० फिट भन्दा तलका बाटामा गिट्टी हाल्न मिल्दैन थियो , अब बाटो खन्ने काम पूरा भएपछि वडाले गिट्टी हाल्छ अध्यक्ष चौधरीले बताए ।