नागरिकता नभएर निशुल्क उपचार नपाएकी मृगौला पिडित महिलालाई लाजेशा पथ तथा रामलक्ष्मण मार्गको आर्थिक सहयोग

  • जेठ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नागरिकता नभएर निशुल्क उपचार पाउन नसकेकी धरान १४ की एक महिलालाई धरान १५ स्थित लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल विकाश समितीले आर्थिक सहयोग गरेको छ ।

धरान १४ को नरसिंह मन्दिर छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएकी सपना तावाहाङ लिम्बुलाई समितीले टोलवासीहरु सँग आर्थिक संकलन गरि सहयोग रकम प्रदान गरेको हो । मृगौला पिडित सपना उपचार गराउन समस्या भए पछि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तको बस्दै आएकि छिन् । उनी १ महिना देखि दुवै मृगौला खराब भए पछि थलिएकी छिन् ।

उनलाई समितीले संकलन गरेको ४१ हजार २ सय ४० रुपैया प्रदान गरिएको छ । धरान १५ स्थित लाजेशा पथ, रामलक्ष्मण मार्ग, कस्तुरी मार्ग, इन्द्रज्योती मार्ग, सेन्ट्रल मार्ग, चण्डेश्वरी मार्गका स्थानीयहरुले सहयोग गरेका थिए । समितीका अध्यक्ष रमेश गजमेरले मृगौला पिडित महिलाकी आमा नविता तावाहाङ लिम्बुलाई रकम हस्तान्तरण गरेका थिए । उनको उपचारका लागि थप आर्थिक संकलन गरेर पुनः सहयोग गर्ने समितीका सचिव देउमान लिम्बुले बताए ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले हेमोडायलासिस गर्न र विकल्प किड्नी ट्रान्सप्लान्ट रहेको सुझाएका छन् । मृगौला पिडितहरुलाई सरकारले दिएको सेवा पाउन पनि नागरिकता नभए पछि हेमोडायलासिस गर्न पनि आर्थिक रकमको अभाव भएको छ ।

चिकित्सकले शरिरमा गाह्रो अवश्था भए पछि डायलासिसका लागि आउनु भने पछि उनी अहिले घरमै रहेकि छिन् । पारिवारिक अवश्था कमजोर भएकाले उनले आर्थिक सहयोगका लागि आग्रह गरेकी छिन् । २३ वर्षिय सपनाका बुबा घर बनाउने मिस्त्री काम गर्छन् । अहिले लकडाउनका कारण रोजगारीनै गुमे पछि उनको परिवारमा झन समस्या बढ्दै गएको छ । सबैबाट सहयोग भए छोरीलाई बचाउन सक्ने आमा नविता बताउँछिन् ।

उनले भनिन्, ‘अहिले पनि विभिन्न व्यक्तिहरुले दिएको सहयोगबाटै उपचार गराईरहेको छु, नागरिकता नभएर निशुल्क भएको छैन्, किड्नी फेर्नुपर्छ भनेको छ, पैसा छैन, के गर्नु ।’ सहयोगका लागि सबै सँग उनले आग्रह गरेकी छिन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved