इटहरीको सिलबन्दी हट्यो " लकडाउनलाई प्रभावकारी बनाउन आग्रह"

  • जेठ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । इटहरीको वडा नम्बर २ मा कोरोना संक्रमित व्यक्ति भेटिए पछि सिल गरिएको वडा नम्बर २ र ३ दिन भोलि सोमबार देखि खुल्ने भएका छन् ।

इटहरी उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले जेठ १२ गते देखि पहिलेको जस्तै विहान ७ वजे देखि १० वजे सम्म अत्यावशक समाग्रीका पसल प्रयाप्त सामाजिक दुरी कायम गरेर खुला गरिने निर्णय गरेको छ ।

लकडाउनलाई प्रभावकारी वनाउदै जनजीवनलाई कसरी सहज वनाउन सकिन्छ भनेर इटहरी उपमहानगरले आयोजना गरेको वैठकमा ६ गते भन्दा अगाडीकै जस्तो विहान ७ देखि १० वजेसम्म अत्यावशकीय समाग्रीका पसलमा सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर किनवेच गर्ने निर्णय गरेको हो ।

उपमहानगरका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेका वैठकमा जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, प्रदेश ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
वैठकले गत जेठ ६ गते देखि ११ गते सम्म वडा नम्वर २ र ३ मा गरिएको सिलको अवधिलाई प्रभावकारी ढंगले कार्यावन्यनमा सहयोग पुर्याउने सवैलाई धन्यवाद दिएको छ ।

सिलवन्दि हटाइए पनि जोखिम कायमै रहेकाले लकडाउनलाई भने प्रभावकारी ढंगले कार्यावन्यनमा सहयोग पुरयाउन उपमहागनरले आग्रह गरेको छ ।

वैंकहरुको हकमा यसअघि निर्धारण गरिएको समय विहान १० देखि १ वजेसम्म तोकिएको पालो अनुसार हुने वताइएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved