धरान । इटहरीको वडा नम्बर २ मा कोरोना संक्रमित व्यक्ति भेटिए पछि सिल गरिएको वडा नम्बर २ र ३ दिन भोलि सोमबार देखि खुल्ने भएका छन् ।
इटहरी उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले जेठ १२ गते देखि पहिलेको जस्तै विहान ७ वजे देखि १० वजे सम्म अत्यावशक समाग्रीका पसल प्रयाप्त सामाजिक दुरी कायम गरेर खुला गरिने निर्णय गरेको छ ।
लकडाउनलाई प्रभावकारी वनाउदै जनजीवनलाई कसरी सहज वनाउन सकिन्छ भनेर इटहरी उपमहानगरले आयोजना गरेको वैठकमा ६ गते भन्दा अगाडीकै जस्तो विहान ७ देखि १० वजेसम्म अत्यावशकीय समाग्रीका पसलमा सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर किनवेच गर्ने निर्णय गरेको हो ।
उपमहानगरका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेका वैठकमा जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, प्रदेश ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
वैठकले गत जेठ ६ गते देखि ११ गते सम्म वडा नम्वर २ र ३ मा गरिएको सिलको अवधिलाई प्रभावकारी ढंगले कार्यावन्यनमा सहयोग पुर्याउने सवैलाई धन्यवाद दिएको छ ।
सिलवन्दि हटाइए पनि जोखिम कायमै रहेकाले लकडाउनलाई भने प्रभावकारी ढंगले कार्यावन्यनमा सहयोग पुरयाउन उपमहागनरले आग्रह गरेको छ ।
वैंकहरुको हकमा यसअघि निर्धारण गरिएको समय विहान १० देखि १ वजेसम्म तोकिएको पालो अनुसार हुने वताइएको छ ।