काठमाडौँ सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा बुधबार दिउँसो २:१५ बजे औपचारिक रुपमा सार्वजनिक गर्न भएको छ । नक्सा सार्वजनिक कार्यक्रमको नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए ।
जारी हुन लागेको नेपालको नयाँ नक्सा अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुने छ ।
नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।