कानेपोखरी विश्वभर महामारकिो रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेपछि मोरङको कानेपोखरी गाँउपालिकाले गाँउपालिका भित्रका क्रियाकलाप तीन दिन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
कानेपोखरी गाँउपाललिका अध्यक्ष अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा विभिन्न राजनितिक दल, व्यापार प्रबन्ध समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको मंगलबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेपछि तीन दिन लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो ।
यस अघि बिहान ६ बजे देखि १० बजेसम्म खोलिने विभिन्न खाद्यान्न, सागसब्जीसहितका पसलहरू बन्द गर्ने र कसैले यसको अवज्ञा गरे जरिबाना सहित दण्डित गरिने गाउँपालिकाले जनाएको छ ।
सातै बैठकले गाउँपालिका क्षेत्रको सीमामा प्रहरीमार्फत आवतजावतमा पूर्णरूपमा बन्द समेत निर्णय गरेको छ ।
बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नेपाल सरकारले दिएको पासबाहेक सवारी साधन चलाएमा पक्राउ गरी मुद्दा चलाउन समेत आदेश दिएको छ ।