नेपालमा पहिलो पटक भर्च्युअल विश्व कवी सम्मेलन हुने

  • जेठ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालमा पहिलो पटक भर्च्युअल विश्व कवी सम्मेलन हुने भएको छ । अनलाईन डीजिटल माध्यमबाट विश्वभर छरिएर बसेका  नेपाली  कवि र श्रोताहरुलाई एकै ठाउँमा जोडेर कविता सुन्न र सुनाउन सम्मेलन आयोजना गरिएको आयोजक जेभियर इन्टरनेसनल स्कुलरकलेजका भाइस( प्रीन्सिपल दिपेन दाहालले जानकारी दिए।

क्ष्ुुमेरो कविता र मुु शिर्षकमा आयोजना हुने सम्मेलन यहि  जेठ ९ गते शुक्रबार दिउँसो १स्ण्ण् बजे देखि प्रत्यक्ष प्रसारण हुनेछ  ।

यस सम्मेलनमा  देश( विदेशबाट धेरै कवि र श्रोताहरुको अनलाईन  उपस्थिति रहने छ। सम्मेलनमा सहभागिताका लागि अनलाइन फाराम भर्न सकिनेछ क्ष्त्यसका लागि मष्नष्तबउियझद्दण्द्दण्२नmबष्।िअयm मा इमेल गरेर अनुरोध गर्न सकिने छ क्ष्अनलाइनमा पनि विद्यार्थीलाई पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउन सकिने जेभियरका भाइस( प्रिन्सिपल दाहालले  बताए ।

अनलाइनमार्फत विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा कसरी संलग्न गराउन सकिन्छ भन्ने अन्योल रहेकै बेला भाइस( प्रिन्सिपल दाहालले विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई फराकिलो दायरा बनाउँदै विश्व कविता सम्मेलन आयोजना गर्न लागेका हुन । सम्मेलनमा झन्डै एक दर्जन बढी  दिग्गज कवि विश्वको विभिन्न स्थानबाट सहभागी जनाउँदै छन् । विद्यार्थीका लागि समेत अनलाइन रजिष्ट्रेशन फर्म राखिएको छ ।

उनीहरुले त्यो फर्म भरेर आफ्ना रचना पठाउन सक्ने छन् । उत्कृष्ट रचनालाई जेठ ९ गते आयोजना हुने विश्व कविता सम्मेलनमा रचना पाठ गर्ने अवसर पाउने छन् ।

आयोजक दाहालका अनुसार  ‘दिग्गज कविका अगाडि विद्यार्थी पनि प्रस्तुत हुन पाउने छन् । उनीहरुले आफ्ना रचना सबै सामू राख्न पाउने छन जसले गर्दा विद्यार्थीहरुमा  सिर्जनशील क्षमताको  अभिवृद्धि हुनेछ ।

दाहालकै संयोजकत्वमा हुन थालेको विश्व भर्च्युअल कविता सम्मेलनमा सुनसरी बाट इन्द्रकुमार श्रेष्ठ सरित, ओखलढुंगाबाट चेतनाथ धमला, झापाबाट बाबुराम नेउपाने उत्स, ललितपुरबाट ललिता दोषी, जापानबाट केबी पारखी, सिएट्ल अमेरिकाबाट बुना दाहाल, म्यान्मारबाट राजन ढकाल, काठमाडौंका कवि रामेश्वर राउत मातृदास, शान्ति शर्मा, राजन नेउपानी श्रीएम, चेन्नाइ भारतबाट लक्ष्मी उपे्रती, दार्जिलिङबाट मनप्रसाद सुब्बा र जर्मनीबाट चिरञ्जीवी भट्टराईले सहभागिता जनाउने छन। सम्मेलनको विभिन्न एफएम रेडियो, फेसबुक र विभिन्न अनलाइनहरुबाट प्रत्यक्ष प्रशारण हुनेछ । नेपाली साहित्यमा रुचि राख्ने  विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुलाई उक्त कार्यक्रममा जोडिन संयोजक  दाहालले अनुरोध गरेका छन ।

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved