धरान सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमण पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ ।
बराहक्षेत्र नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन रोक लगाउने गरी पूर्णरुपमा शिल गरिएको जनाएको छ ।
वडा नं ११ मधुवनमा रहेका सशस्त्र हवल्दारको आवतजावत १० र ११ वडामा देखिएपछि थप संक्रमण फैलन नदिन दुवै वडा सिल गरिएको हो ।