लुथरनद्वारा रु ७ लाख मूल्यका स्वास्थ्य सामग्री सहयोग

  • जेठ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । लुथरन विश्व फेडेरेसन (एलडब्ल्युएफ)ले विराटनगरमा संचालित कोशी कोभिड १८ उपचार केन्द्रलाई रु. ७ मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

१९ भन्दा बढी प्रकारका ती सामग्री प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमसहितका प्रतिनिधिले आज हस्तान्तरण गरेका हुन ।

लुथरनले एक्सरे मेसिन एक थान, इलेक्ट्रिक सक्सन मेसिन दुई थान, अक्सिजन बनाउने मेसिन एक थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट ३० थान, आईआर थर्ममिटर ४ थान, एन ९५ मास्क १ सय २० थान र सर्जिकल मास्क ५ सय थान सहयोग गरेको हो ।

स्वास्थ्य उपकरणहरु ग्रहण गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा संक्रमण बढ्दै गएकाले भोलिका दिनमा कसरी सुरक्षित रहने र स्वास्थ्य सेवा उपलब्ध गराउने भन्ने चुनौती थपिएको बताए ।

कोरोना भाईरसविरुद्ध लड्न लुथरनले गरेको सहयोग फलदायी हुने बताए ।

कोभिड अस्पताललाई लुथरन सामुदायिक कल्याण समूह मोरङमार्फत स्वास्थ्य उपकरण र सामग्री प्रदान गरिएको कार्यक्रम व्यवस्थापक गौतमले बताउनुभयो ।

लुथरनले यसअघि कोभिड अस्पताललाई रु. ३ लाख ६० हजार बराबरको अनलाइन युपीएस सहयोग गरेको थियो ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved