प्रदेश १मा बर्खे अधिवेशनमा सहभागी हुने सबैको स्वाब परीक्षण गर्ने तयारी

  • जेठ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । १ नम्बर प्रदेशको बर्खे अधिवेशनमा सहभागी हुने सबैको स्वाब परीक्षण गर्ने तयारी थालिएको छ ।

प्रदेशसभाको बैठकमा सहभागी हुने सबै सांसद, प्रदेशसभा सचिवालयका कर्मचारी, सुरक्षा प्रबन्धमा खटिने सुरक्षाकर्मी र पत्रकारको थ्रोट स्वाब संकलन गर्ने प्रदेशसभाले तयारी गरेको हो ।

जेठ १४ गतेदेखि प्रदेशसभाको बर्खे अधिवेशन शुरु हुँदैछ । कोरोना भाईरसको परीक्षण गरेर मात्र प्रदेशसभा बैठक संचालन गर्ने तयार भएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् ।

बैठक शु हुनु अगावै परीक्षण प्रतिवेदन प्राप्त हुने गरी प्रदेश सरकारमार्फत सबैको स्वाब परीक्षणको व्यवस्था गरिएको पराजुलीले बताए । जसअनुसार जेठ ८ गते प्रदेशसभा सचिवालयका कर्मचारी, जेठ ९ र १० गते सांसद तथा नियमित समाचार संकलनमा आउने संसदीय मामिला हेर्ने पत्रकारहरुको थ्रोट स्वाब संकलन तथा परीक्षण हुनेछ । कोरोना पोजेटिभ पाइएमा प्रदेशसभा हलमा प्रवेशमा रोक लगाइने छ ।

१ नम्बर प्रदेशसभामा ९३ जना सांसद, एक सय कर्मचारी, दुई दर्जन सुरक्षाकर्मी, २० भन्दा बढी सांसदहरुका चालक र अंगक्षक छन् । संसदीय मामिला नियमित रिर्पोटिङ गर्ने २० जना पत्रकारहरुको छन् । सबैको स्वाब परीक्षण हुने बताइएको छ ।

बजेट अधिवेशनमा सहभागी हुनेलाई मास्क अनिवार्य गरिएको छ । प्रदेशसभामा सामाजिक दूरी कायम हुने गरी पुराना कुर्सी हटाएर नयाँ राखिएको छ । बैठक स्क्रिनमा लाइभ हेर्नेसमेत प्रबन्ध भएको छ ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved