वीरगञ्ज कोरोना संक्रमितहरु अस्पताल आसोलेशन कक्ष बाट भागेको घटना सार्वजनिक भए सगै प्रशासन थप सचेत बन्दै गएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा गठित संकट व्यवस्थापन समितिले अब उप्रान्त पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने निर्णय गरेको हो ।
संक्रमित व्यत्ती भाग्न नदिन र भाग्दा हुन सक्ने सम्भावित ठुलो क्षति कम गर्न सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने निर्णय गरेको हो ।
नारायणी अञ्चल अस्पतालको आइसोलेसन वाडबाट बिहिबार मात्र दुई जना संक्रमित फरार भएका थिए ।