राहत खाद्यान्न खरिदको भुक्तानी गर्न धरान उपमहानगरपालिकालाई रकम अपुग "सहयोगका लागि पुनः आग्रह"

  • जेठ १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनमा धरानका अति विपन्न परिवारलाई वितरण गरिदै आएको राहतको रकम भुक्तानी गर्न धरान उपमहानगरपालिकालाई रकम अपुग भए पछि थप सहयोग गर्न अपिल गरिएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो चरणको राहत वितरणको तयारी गरिरहँदा रकम अपुग भएकाले सहयोगका लागि धरानवासीलाई आग्रह गरेको छ ।

धरान उपमहानगरपालिकाले दुई चरणमा राहत वितरण गरिसकेको छ भने तेस्रो चरणको राहत वितरणको तयारीमा रहेको छ । दोस्रो चरणमा वितरण गरिएको राहत सामग्री खरिदको रकम भुक्तानी गर्न अझै सकेको छैन् भने तेस्रो चरणको राहतका लागि पनि रकम अपुग रहेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको अनुसार दोस्रो चरण सम्मको राहतको भुक्तानीका लागि ६४ लाख १६ हजार ३ सय ८१ रुपैया अपुग रहेको छ भने तेस्रो चरणको राहत समेतका लागि १ करोड ७७ लाख ५० हजार ३ सय ८१ रुपैया आवश्यक रहेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको खर्च विवरणमा पहिलो चरणमा ९ हजार ३६ लाई राहत वितरण गर्दा ८२ लाख ७ हजार ८ सय ५५ रुपैया खर्च भएको छ भने दोस्रो चरणमा २० हजार ६ सय १२ लाई राहत वितरण गर्दा १ करोड २४ लाख ७१ हजार ३ सय रुपैया खर्च भएको छ । तेस्रो चरणका लागि राहत खरिदका लागि १ करोड १३ लाख ३४ हजार अनुमान गरिएको छ।

धरान उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा १ करोड ४२ लाख ६२ हजार ७ सय ७४ रुपैया प्राप्त भएको जनाएको छ ।

धरानमा पहिलो चरणमा ९३ हजार २ सय ४० किलो चामल, दाल ६ हजार २ सय २५ किलो, नुन ९ हजार ३६ किलो, तेल ९ हजार ३६ लिटर, आलु ३५ हजार ७ सय ४४ किलो साबुन ६३ दशमलव ६६ कार्टुन र न्युटेला २८ सय ११ किलो वितरण गरिएको मेयर तिलक राईले बताए ।

दोस्रो चरणको राहतमा चामल २ लाख ६ हजार १ सय २० किलो, दाल ५ हजार ४ सय ६५ किलो, नुन २० हजार २९ किलो वितरण भएको थियो भने तेल २० हजार २९ लिटर र न्युटेला ७ हजार ५ सय ७४ किलो वितरण भएको बताइएको छ ।

तेस्रो चरणमा पनि २० हजार ६ सय १२ परिवारलाई १ करोड १३ लाख ३४ हजार रुपैयाँ बराबरको राहत वितरण गरिने उपमहानगरले जनाएको छ । पत्रकार सम्मेलनमा धरानमा राहत वितरणका लागि धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैकमा सहयोग गर्न पनि अपिल गरिएको छ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved