हेभी इक्युपमेन्ट व्यवसायीहरुको गुनासो

  • वैशाख २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । लकडाउनको समयमा समेत निर्माण क्षेत्रमा काय गर्न दिने सरकारले निर्णय गरेको भएपनि आफुहरुलाई नसमेटेको भन्दै पुर्वका हेभी इक्युपमेन्ट व्यवसायीहरुले गुनासो गरेका छन ।

निर्माण कार्यका लागि प्रयोग हुने हेभी इक्युपमेन्टहरु सञ्चालनका लागि सरकारले सहज बनाइ दिनु पर्ने पुर्वका हेभी इक्युपमेन्ट व्यवसायीहरुले माग गरेका हुन ।

निर्माण कार्य सञ्चालन गर्न पाउने सरकारले निर्णय गरेको भएपनि ठुला निर्माण कार्यमा काम गर्ने कम्पनीहरुले मात्र काम सुरु भएको भएपनि सरकारी निणर्यले आफुहरुलाई सहज नवनाएको व्यवसायीहरुको गुनासो रहेको छ ।

ठुला कामका लागि मात्र छुट दिदा उपभोक्ता समिति र निजी क्षेत्रबाट गरिने काममा प्रयोग हुने हेभी इक्युपमेन्ट सञ्चालनका विषयमा केही उल्लेख नगरिएका कारण आफुहरु समस्यामा परेको हेभी इक्युपमेन्ट व्यवसायी महासंघका केन्द्रीय सदस्य ओम न्यौपानेले गुनासो गरेका छन ।

उनले बाढी पहिरो लगायतका विपदका समयमा समेत सामाजिक उत्तरदायीत्व पुरा गर्दै काम गर्ने आफुहरुलाई भने नसमेटीएको गुनासो गर्दै हेभी इक्युपमेन्ट सञ्चालन गर्न सहज वनाइ दिन माग गरेका छन ।

त्यसै गरी हेभी इक्युपमेन्ट अप्रेटरहरुले सामाजिक दुरी कायम गर्दै आफुहरुलाई काम गर्न पाउन वातारण मिलाइदिन समेत आग्रह गरेका छन ।

लामो समय देखि काम गर्न नपाउदा आफुहरु समस्याका परेको भन्दै नेपाल हेभी इक्युपमेन्ट अप्रेटर संघ सुनसरीका अध्यक्ष राजेन्द्र वास्तोलाले सामाजिक दुरी कायम गर्दै हेभी इक्युपमेन्ट चलाउन दिन आग्रह गरको हुन । उनले पास वितरणमा भेदभाव गरिएको समेत गुनासो गरे ।

ठुलो लगानी गरेको साथै बैकबाट ऋण गरेर हेभी इक्युपमेन्टहरु खरिद गरेको कारण आफुहरुलाई थप समस्यामा परेको हेभी इक्युपमेन्ट व्यवसायी महासंघका महासचिब उमाकान्त शर्माको गुनासो रहेको छ ।

ठुलो लगानी लगाएर हेभी इक्युपमेन्टहरु सञ्चालन गर्दै आएका आफुहरुका इक्युपमेन्टहरुले काम लामो समय देखि लगाउन नपाउदा समस्यामा परेको समेत व्यवसायीहरु गुनासो गर्दछन ।

इक्युपमेन्टहरु सञ्चालन गर्न नपाएको समय सम्मको बैक व्याज छुको व्यवस्था गर्न समेत उनीहरुले सरकारसंग माग राखेका छन ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved