धरान । लकडाउनका कारण चैत्र ११ गते देखि बन्द रहेको बैंक तथा वित्तिय संस्थाहरु आज (आइताबर) देखि खुल्ने भएका छन् ।
सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्था मार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरे पछि आज (आइतबार) बाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन हुने भएका हुन्।
मन्त्रिपरिषद्को गत वैशाख २४ गतेको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका हुन् । बैंक तथा वित्तीय संस्थाका शाखाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
एक पटकमा ५ जनालाई मात्र प्रवेश दिने पाइनेछ भने अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्नु पर्ने छ ।
सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ ।