एक महीनापछि खुल्यो पानीट्यांकी नाका

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्बिर

वैशाख २७, भद्रपुर । झापाको काँकडभिट्टास्थित पूर्वी नाका शनिवारदेखि खुला भएको छ ।

गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीट्यांकी नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महीनापछि खुलेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख धव्र विश्वकर्माले भारतबाट शनिवार ३० मालवाहक गाडी नेपाल भित्रिएका बताए ।

उनका अनुसार सीमावर्ती पानीट्यांकीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले शनिवार नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला रहेको र अरु पाँच गाडीको सिल खोल्न बाँकी रहेको बताए ।

उनले २५ मालवाहक गाडी पहिलेदेखि नै भन्सार परिसरमा रहेका जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो ।

कोलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो ।

पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए ।

भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल रहेको बताए ।

खाली गाडीलाई पानीट्यांकी नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्यांकरमा समेत अवरोध पुग्ने उनको भनाइ छ । रासस

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved