लकडाउनले उभौलि प्रभावित "साकेला सिलि प्रतियोगिता नहुने"

  • वैशाख २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 किरातीहरुको महान पर्व साकेला उभौलीको अवसरमा प्रत्येक वर्ष साकेला सिलि प्रतियोगिताको आयोजना हुने गरेको थियो तर यस वर्ष भने कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष प्रतियोगिता नहुने भएको छ ।
वर्षेनी किरात राई योयोख्खा सुनसरीको आयोजनामा साकेला पर्कमा प्रारम्भिक कार्यसमिती स्तरिय साकेला सिलि प्रतियोगिता हुने गरेको थियो तर यस वर्ष लकडाउनका कारण प्रतियोगिता सहित साकेला नाच समेत प्रभावित भएको छ ।
किरात राई यायोक्खा सुनसरीले विज्ञप्ती जारी गर्दै यलम्बर सम्बद ५०८० को अवसरमा भोली वैशाख २५ गते देखी सुरू हुने यस वर्षको पुजा आआफ्नो स्थानमा मनाउनका लागी समेत अनुरोध गरिएको छ भने सोकला सिलि प्रतियोगिता नहुने सुचित गरेको छ । यायोख्खा सुनसरीका अध्यक्ष बलराम राई र सचिव राजेन्द्र राई द्वारा हस्ताक्षरित विज्ञप्तीबाट उक्त सुचना गराइएको छ ।
विगतको वर्षहरूमा साकेला उभौलीको अवसरमा सुनसरीको विभिन्न प्राकाशहरूले साकेला पुजा गरी नाच सुरू गर्ने चलन रहेको छ । नाच करीब १५ दिनसम्म चल्ने र धरान १७ स्थित साकेला पार्कमा सुनसरी भरिको प्राकासको साकेला प्रतियोगिता गरी समापन गर्ने चलन रहेको किराया सदस्य उपेन्द्र चाम्लिङले बताए । राई जातिको साकेला नाचको प्रोत्साहनका लागी प्रतियोगितामा विजयी प्राकासलाई नगद पुरस्कार समेत दिइने गरिएको उनले बताए । यसै अवसरमा सुनसरीको विभिन्न चोकहरूमा साँझको समयमा दैनिक साकेला नाच्ने चलन रहेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved