धरान/ सरकारले लकडाउन १० दिन थप गरि जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।
मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन लम्ब्याएको हो।
सरकारले यसअघि थपेका लकडाउन बैशाख २५ बिहीबारबाट सकिँदै थियो । चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।