ताप्लेजुङगमा आगलागीबाट ७ करोड ६५ लाख बढीको क्षति

  • वैशाख २०, २०७७
  • "सन्जोग बाबु दाहाल "
alt

धरान /ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राती भएको भिषण आगलागीबाट प्रारम्भिक विवरण अनुसार ७ करोड ६५ लाख बढी क्षति पुगेको छ ।

ताप्लेजुङगका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको विवरण संकलन गर्न बनेको समिततिले ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैया क्षति भएको प्रारम्भिक विवरण संकलन गरेको बताए ।

विवरण अनुसार संस्थागततर्फ २२ लाख क्षति भएको छ भने व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार क्षति पुगेको छ
आगलागीबाट ८ वटा घरमा क्षति पुगेको थियो । ती मध्ये २ वटा पक्की घर थियो भने ६ वटा कच्ची घर हो । आगलागीबाट कुल २९ घर परिवार प्रभावित भएको प्रजिअ निरौलाले बताए ।

 आगलागीबाट प्रभावित बनेका परिवारलाई रेडक्रस सोसाइटी र फुङलिङ नगरपालिकाले आवश्यक राहत पनि वितरण गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रजिअ निरौलाका अनुसार रेडक्रसले २३ घर परिवारलाई आवश्यक ओढ्ने, ओछ्याउने, भाडाकुडालगायतको सामग्री प्रदान गरेको छ भने नगरपालिकाले २२ घरपरिवारलाई आवश्यक खाद्यान्न वितरण गरेको पनि प्रजिअ निरौलाले जानकारी दिए ।


यस्तै, कञ्चनजंघा सामुदायिक सहकारीले आफ्ना ५ सदस्यलाई ३ हजारको दरले नगद विरतण गरेको छ भने ताप्लेजुङ बहुउद्देश्यीय सहकारीले आफ्ना २१ जना सदस्यलाई २ हजारको दरले नगद राहत वितरण गरेका प्रजिअ निरौलाले जानकारी दिए ।
आगो बिहान ५ बजे पुर्णरुपमा नियन्त्रणमा आएको पनि प्रजिअ निरौलाले जानकारी दिए ।

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved