प्रथम गायिका रानुदेवीको निधन

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी (रानु अधिकारी) को निधन भएको छ ।

८३ वर्षीया रानुदेवी अल्जाइमर्स र पार्किन्सन्स रोगबाट पीडित थिइन ।

उनी केही समयअघि मात्र अमेरिकाबाट काठमाडौ फर्किएकी थिइन । छोरा अविन अधिकारीसंग उनी केही समय अमेरिकामा बसेकी थिइन ।

रानुदेवीका जेठी छोरी र छोरा अमेरिकामा बस्दै आएका छन् । अधिकारीको काठमाडौंस्थित केएमसी अस्पतालमा गएराति निधन भएको हो ।

कांग्रेस नेतृ मृदुला कोइरालाले अधिकारीका छोरा अविनले अमेरिकाबाट आमाको निधन भएको सन्देश पठाएको जानकारी दिएकी छन ।

२००७ सालमा स्व. तारिणी प्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेको रेडियो नेपालबाट क्रान्तिको गीत गाउने गायिकाको रुपमा रानुदेवी परिचित छिन् ।

उनलाई रेडियो नेपालकी प्रथम महिला गायिका पनि भनिन्छ ।

न्यूयोर्कमा रहँदा रानुदेवी अक्सर आफ्नो घरमा आउने गरेको स्मरण गर्दे कोइरालाले भनिन्,‘‘न्यूयोर्कमा मलाई भेट्न मेरो घर आउनु हुन्थ्यो । साई भक्त हुनु हुन्थ्यो ।

मिठो भजन गाउनुहुन्थ्यो । हाम्रो अनुरोधलाई कहिल्यै नकार्नु भएन भनेपछि भजन सुनाउनु हुन्थ्यो ।’’
अधिकारी नेपाली कांग्रेसकी नेतृ स्व. नोना कोइरालाकी बहिनी हुन ।

२०३६ सालको शिक्षक आन्दोलनमा जेल परेकी रानुदेवी जनआन्दोलनपछि केही समय नेपाल महिला संघ मोरङको अध्यक्षको जिम्मेवारीमा थिइन । अधिकारी आदर्श बालिका विद्यालय विराटनगरमा अध्यापन गर्थिन ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved