लडेको घर चार दिनमै बन्यो, घर बनेपछि खुशी

  • वैशाख १८, २०७७
  • " आषिस भुजेल"
alt

उर्लाबारी । आर्थिक अभावको कारण हावाहुरीले लडेको घर उठाउन नसकेको मोरङ उर्लाबारी–१ का सुकदल राई र कल्पना राईको घर निर्माण भएको छ ।

उर्लाबारी क्षेत्रका संचारकर्मीहरुको पहलमा जस्ताको छानो लगाई बाँसको घर निर्माण गरिएको हो ।

बुधबार उर्लाबारी वडा नं। १ का वडाध्यक्ष मचिन्द्र कार्कीको रोवहरमा घर हस्तान्तरण गरिएको छ ।

३० बर्षीय सुदराज र ३० बर्षीया कल्पनाका ६ जना सन्तान रहेका छन् । एक छोरीको विवाह भइसकेको छ भने काखे नानीदेखि १० बर्षसम्मका पाँच जना छोराछोरी रहेका छन् ।

घर निर्माणमा किरात राई यायोख्या उर्लाबारी नगर समितिले १२ हजार बराबरको जस्तापाता र उर्लाबारी–६ की बुद्धमाया राईले बाँसलगायतका लागि ११ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । उर्लाबारी–८ का कमल लिङ्थेपले १० हजार र उर्लाबारी–४ का प्रेम राईले ५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

उक्त १५ हजार रुपैयाँको लत्ताकपडा तथा म्याट, डसना, सिरक, तन्ना प्रदान गरिएको उर्लाबारी वडा नं। ७ की सदस्य एबं सामाजिक कार्यकर्ता शोभितमाया तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, उर्लाबारी–७ का टंक पौडेलले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै, उर्लाबारी–३ का रुद्रबहादुर तामाङले घरवरिपरी रंगरोगनका साथै पाँच जना बालबालिकालाई स्कुल डे«स प्रदान गर्नुभएको छ ।

उहाँले शैक्षिक सामग्रीका लागि समेत पहल गर्ने बताउनुभएको छ ।

किरात राई यायोख्या उर्लाबारी नगरसमितिका अध्यक्ष मानबहादुर राईले कठिन तरिकाले जिविकोपार्जन गर्दै आएको परिवारलाई घर निर्माणले ठूलो राहत मिलेको बताउँदै आफूहरुले थप सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

त्यस्तै, टोल विकास समितिका अध्यक्ष दिनेश फुयालले गरिब तथा विपन्न परिवारलाई घर निर्माण गरी ठूलो सहयोग प्रदान गरेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद एबं आभार प्रकट गर्नुभयो । वडाध्यक्ष कार्कीले वडा नं। १ मा गरिब तथा विपन्न वस्तीमा ठूलो समस्या रहेको उल्लेख गर्दै हावाहुरीले लडेको घर उठाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

किरात राई यायोख्या उर्लाबारीका कोषाध्यक्ष नुतन राईले समस्या परेका जोकोहीलाई आफूहरुले सहयोग गर्दै आएको र निरन्तर सहयोग गर्ने बताउनुभयो ।

मेरो मनको युट्बका सञ्चालक एबं सहयोगी आयन राईले जोखिमपूर्ण तरिकाले बसोबास गर्दै आएको परिवारलाई उद्दार गर्न पाउँदा खुशी लागेको बताउनुभयो । घर निर्माणपछि राई दम्पति खुशीले दंग पर्नुभयो ।

कल्पनाले भन्नुभयो, ‘घर बन्यो खुशी लाग्यो ।’ सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेत, पूर्वमहासचिब किशोर श्रेष्ठ, महासचिब दिपक वास्तोला, तेजन खड्का, अनिल श्रेष्ठ, विपी भट्टराई, आयन राई, नुतन राईलगायतले घर निर्माणमा सहजीकरण गर्नुभएको थियो ।

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved