वराहक्षेत्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण शुरु गरेको छ ।
बन्दाबन्दीका कारण बैकबाट भत्ता बितरण गर्न नसकिए पछि बैंकका कर्मचारीको सपोर्टमा जनप्रतिनिधि र कर्मचारी समेत खटिएर टोल टोलमा सामाजिक सुरक्षा भत्ता बितरण भैरहेको छ । कोबिड १९ रोग संक्रमणको प्रकोपका कारण अहिले सरकारले मानिसहरु लाई भिड्भाड गर्न बाहिर घुमफिर गर्न दिएको छैन ।
" टोल - टोलमा बितरण गर्दा भिड भाड हुन सक्छ बैकका कर्मचारीलाई असहज हुन सक्छ त्यसैले सामाजिक दुरि कायम गराउनु हाम्रो कर्तब्य हो त्यसैले हामी जनप्रतिनिधि र कर्मचारी पनि खटिएका छौ " वराहक्षेत्र नगरपालिका वार्ड न ४ का अध्यक्ष आशाराम चौधरीले बताए ।
चौमासिक रुपमा बितरण गर्दै आएको भत्ता बन्दाबन्दीका कारणले समयमै उपलब्ध गराउन नसके पनि अन्य नगरहरुको तुलनामा वराहक्षेत्र नगरपालिकाले छिटो बितरण गरेको अध्यक्ष चौधरीले बताउछ्न । भत्ता बितरण कार्यमा सहयोग पुर्याउन अध्यक्ष चौधरी सहित सदस्यहरु माया थापा , रामजी चौधरी र टंक थापा खटिएका छन् ।
वराहक्षेत्र ४ को भत्ता बितरण बिहिवार धनपुरी टोल वाट शुरु भएको छ । वराहक्षेत्र ४ मा सामाजिक सुरक्षा भत्ता बुझ्नेमा ज्येष्ठ नागरिक १ सय ६५ , ज्येष्ठ नागरिक दलित ४३ , एकल महिला १ सय ३१ , पुर्ण अपांग १२ , अति अशक्त १९, बिधुवा - ९१ गरि जम्मा ४ सय ६१ जना रहेको सचिब पुर्णमाया पौडेलले जानकारी दिइन् ।