निर्वाचन

    Showing 11-20 of 169 items.
  • ताप्लेजुङमा केबलकार विवाद चर्किंदै, प्रशासनद्वारा निषेधाज्ञा जारी

    ताप्लेजुङ/ ताप्लेजुङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर उत्पन्न विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले फुङलिङ बजारदेखि काफ्लेपाटी र बलुडाँडासम्म निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गएराति सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा बिहान ५ बजेदेखि अर्को आदेश नआउँदासम्म लागू हुने बताए। निषेधाज्ञाअनुसार पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। सदरमुकाम फुङलिङको पूर्वतर्फ सल्लेरी, पश्चिममा घोडेचौर काफ्लेपाटी, उत्तरमा उकालीपानी, दक्षिणमा शेर्पाटोलसहित भेटनरी कञ्चनजंघा टोल क्षेत्र निषेधाज्ञाको दायरामा छन्। यस्तै, काफ्लेपाटी

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 296 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुमेधा वक्तृत्वकला: धरान-मेघाकी क्याथरिन योन्जन चम्किँदा शिक्षा सन्देशकी देवका कार्की दोस्रो

    धरान/ सुमेधा वक्तृत्वकला प्रतियोगिताको फाइनलमा धरान-मेघा हिमालयनकी क्याथरिन योन्जन प्रथम भएकी छन्। उनले नगद रु. १५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारिन्। र्याडिकल लाइट नेपाल प्रा.लि., धरानले धरान-८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा आयोजना गरेको प्रतियोगितामा शिक्षा सन्देश सेकेन्डरी बोर्डिङकी देवका कार्की दोस्रो भइन्। उनले नगद रु. ८ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। तेस्रो स्थानमा एम्स एकेडेमीकी अदिति झा रहँदा उनले रु. ४ हजार नगदसहित ट्रफी र प्रमाणपत्र जितिन्। सान्त्वना पुरस्कार पब्लिक मा.वि., फुस्रेका बालकुमार राईलाई प्रदान गरियो, जसले रु. २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकार असफल भए देशमा अराजकताः डा. कोइराला

    धरान । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जनतामा आशा जगाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरी शाखाको पदस्थापन कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै संघीय सांसदसमेत रहेका कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रहसमेत गरे । बिहान उठेदेखि नसुतुञ्जेलसम्म समाचार हेर्ने हो भने निराशाले भरिएको मात्रै पाउने गरेको उनको भनाइ थियो । ‘बिहानदेखि रातिसम्म हेर्ने हो भने अधिकांश मिडियामा नकारात्मक र निराशाजनक समाचार मात्रै देख्न पाइन्छ । सामाजिक सञ्जाल हे¥र्यो नकारात्मक र निराशा, सञ्चारमाध्यम हे¥यो जताततै निराश

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 294 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १९ औ अम्वर ललित डिपो कप: कार्मेल, प्रभात र पुलिस स्कुल विजयी

    धरान/डिपो स्कुलको आयोजनामा शुक्रवार देखि सुरु भएको १९ औ अम्वर ललित डिपो कपको दोस्रो दिनको खेलमा कामे्रल हाइ स्कुल, प्रभात इङ्गिलिस स्कुल र पुलिस स्कुल विजयी भएको छ ।  शनिवार भएको पहिलो खेलमा कार्मेल हाइ स्कुलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलमा दुवै गोल काम्रेलका दर्शन राईले गरेका थिए । सोहि दिन भएको दोस्रो खेलमा प्रभात स्कुलले धरान लिगामेन्ट स्कुललाई २–० गोल अन्तरले नै पराजित गरे । खेलमा प्रभात स्कुलका सिमन्स शेर्पा र दिशन वराइलिले गोल गरे । यसै गरि अन्तिम खेलमा पुलिस स्कुलले आइडल इङ्गिलिस वोर्डिङ्ग स्कुललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेका

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल पत्रकार महासङ्घ सुनसरीमा काफ्ले ,प्रेस चौतारी र प्रेस युनियनको प्यानल नै बिजयी

    धरान/ शुक्रबार भएको नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनबाट उम्मेद्धवार भएकाहरु निर्वाचित भएका छन् । निर्वाचनमा प्यानल नै विजयी भएका हुन् । प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेद्धवार सन्तोष  काफ्ले ९४ मत सहित निर्वाचित भए । प्रेस युनियनबाट विद्रोह गरि बागी उम्मेद्धवार भएका गणेश निरौलाले ७९ मत प्राप्त गरेका थिए।जिल्ला निर्वाचन समितिका अनुसार काफ्लेको नेतृत्वमा उपाध्यक्ष अर्जुन सुवेदी, महिला उपाध्यक्ष यशोदा शेने, सचिव पर्शुराम बाह्रकोटी (विनय), सहसचिव बिकल रेग्मी चयन भएका छन्। समावेशी सचिव बिरेन्द्र कुमार शाह र कोषाध्यक्ष विवेक रेग्मी चयन भएका छन्।त्यस

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • 396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्रीद्वारा जग्गाधनी पूर्जा वितरण सुरु

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको सोमबार शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजारघरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा अस्थिरत

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 304 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारलाई चुनाब लाग्यो

    धरान/  पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि राजनीतिक दलमा आवद्ध पत्रकार संवन्धी विभिन्न संघ संगठनले धमाधम उम्मेद्धवारी घोषणा गर्न थालेका छन । आगामी मंसिर २८ गते हुने निर्वाचनका लागि ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुद्वारा समर्थित पत्रकारहरुको साझा प्यानल घोषणा भएको छ । माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहित ६ संगठनले नेपाल प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टको नेतृत्वमा साझा प्यानल घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजी

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 259 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपनिर्वाचन-२०८१: नतिजा आउन ६ स्थान बाँकी' कसले कति जिते?

    काठमाडौं/  स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ६ स्थान मात्र बाँकी छ । अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १८ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिममा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भने पनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ  यो भनेको कांग्रेसले ०७९ मा जितेको सिट संख्या (२७) गुमाइसकेको छ । उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केही सिट थपिसकेका छन् । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओ

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरु

    धरान । मंशीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि भएको छ । मतदान हुनको लागि ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनेर निर्वाचन आयोगले भनेको छ ।विशेषगरि स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्ने गरेको छ ।मौन अवधिमा मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 212 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • त्रिविविको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सुझाव

    धरान/धरानमा आयोजित एक कार्यक्रमका सहभागीहरूले त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मा कानुन सङ्कायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा समावेश अन्तर्राष्ट्रिय शरणार्थीसम्बन्धी कानुन विषयको पाठ्यक्रम समयसापेक्ष हुनुपर्ने सुझाव दिएका छन् ।  कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसको मानविकी सङ्कायका सहायक क्याम्पस प्रमुख सकुल श्रेष्ठले शरणार्थीसम्बन्धी केही महत्त्वपूर्ण विषय पाठ्यक्रममा समावेश नगरिएको भन्दै ती विषयलाई पनि समेट्न सुझाव दिएका थिए । उनले ती विषयहरू सम्झाएका थिए । यसैगरी महेन्द्र बहुमुखी क्याम्पसमा बीएएलएलबीका कार्यक्रम निर्देशक मोहन कर्णले भुटानी शरणार्थीहरूलाई तेस्रो देशमा व्यवस्थाप

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 244 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved