त्रिविविको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सुझाव

  • मंसिर ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरानमा आयोजित एक कार्यक्रमका सहभागीहरूले त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मा कानुन सङ्कायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा समावेश अन्तर्राष्ट्रिय शरणार्थीसम्बन्धी कानुन विषयको पाठ्यक्रम समयसापेक्ष हुनुपर्ने सुझाव दिएका छन् । 

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसको मानविकी सङ्कायका सहायक क्याम्पस प्रमुख सकुल श्रेष्ठले शरणार्थीसम्बन्धी केही महत्त्वपूर्ण विषय पाठ्यक्रममा समावेश नगरिएको भन्दै ती विषयलाई पनि समेट्न सुझाव दिएका थिए । उनले ती विषयहरू सम्झाएका थिए ।

यसैगरी महेन्द्र बहुमुखी क्याम्पसमा बीएएलएलबीका कार्यक्रम निर्देशक मोहन कर्णले भुटानी शरणार्थीहरूलाई तेस्रो देशमा व्यवस्थापन गरिएको प्रक्रिया पनि पाठ्यक्रममा समावेश गरिनुपर्ने सुझाव दिएका थिए ।

‘विदेशी विश्वविद्यालयले पाठ्यक्रममा समावेश गरेपछि हामीले कपी गर्ने होइन’, कर्णले भने, ‘यो विषयलाई हामीले पहिले पाठ्यक्रममा राखौँ, त्यसपछि अरू विद्यालयले कपी गरोस् न ।’  

मोरङ जिल्ला अदालतकी सहायक सरकारी अधिवक्ता रमा श्रेष्ठले पाठ्यक्रममा क्षेत्रकार्य वा परियोजना कार्य पनि समावेश हुनुपर्ने सुझाव दिएकी थिइन् ।

‘सैद्धान्तिक ज्ञान मात्र पर्याप्त हुँदैन’, उनले भनिन्, ‘दक्ष जनशक्तिका लागि फिल्डमा जान पनि आवश्यक हुन्छ ।’ अन्य देशहरूसँग हाम्रो देशको सम्बन्धका कारण पनि कतिपय विषय पाठ्यक्रममा राख्न डर मानिएको हो कि भन्ने जिज्ञासा राख्दै सहभागीहरूले विश्वविद्यालय प्राज्ञिक छलफलका लागि स्वतन्त्र हुनुपर्ने धारणा राखेका थिए ।

उनीहरूले विश्वविद्यालय ज्ञान उत्पादनका लागि स्वतन्त्र हुने भएकाले कुनै विषय पाठ्यक्रममा राख्न डराउन नहुने सुझाव दिएका थिए ।

विश्वमा यस सन्दर्भमा भएका नयाँ घटना र प्रसङ्ग पनि पाठ्यक्रममा समावेश गरिनुपर्ने उनीहरूको सुझाव थियो ।

 कार्यक्रममा महेन्द्र क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख कमल दाहाल, चक्रराज दाहाल, बद्री पोखरेल, कमल तिगेलालगायतले सुझाव प्रस्तुत गरेका थिए ।           

पाठ्यक्रमबारे सुझाव सङ्कलन गर्न कानुन सङ्काय डिनको कार्यालयले आयोजना गरेको कार्यक्रममा परिमार्जित पाठ्यक्रमको मस्यौदा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्नातकोत्तर तहको पाठ्यक्रमको मस्यौदा कार्यक्रम संयोजक विष्णुमाया भुसालले प्रस्तुत गरेकी थिइन् भने स्नातक तहको पाठ्यक्रमको मस्यौदा उपसंयोजक रुकमणी महर्जनले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै कार्यक्रम संयोजक भुसालले पाठ्यक्रमलाई उन्नत र परिष्कृत बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताएकी थिइन् ।     

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्च आयुक्तको नेपालस्थित कार्यालयको सहयोग र महेन्द्र बहुमुखी क्याम्पसको संयोजनमा आयोजित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख चन्द्रकुमार राईले गरेका थिए ।

कानुन सङ्कायका सहायक क्याम्पस प्रमुख प्रकाश राईले सञ्चालन गरेको कार्यक्रममा गोविन्दमणि दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  

 

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved