दुहबी/ सुनसरीको दुहवीमा सातौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित इप्रका दुहबी थाना रोड अगाडिमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि साल भदौ २२ गते देखि २४ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने बुधबार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रितेश साह हलुवाईले जानकारी दिएका छन ।दुहबी नगरपालिका वडा नं. ५ मा विगत वर्ष झै मनाउदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पुजा समिति दुहवीका समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । गणेश पुजा समितिका संस्थापक रहनुभएका राकेश मुन्धडाल
बेलायतमा रहेर साहित्यका क्षेत्रमा चिनिएको नाम हो शान्ति लिम्बु (खिम्दिङ) । उनी बढी जसो कविता, मुक्तक र गीत लेख्छिन् । २०७४ मा उनले. ‘मिलिजुली’ उपन्यास निकालेर आख्यानकारका रूपमा परिचय दिइसकेकी छिन् । सात वर्षपछि उनले काव्य विधामा दोस्रो कृति ‘कस्तुरी यात्रा’ बजारमा ल्याएकी छिन् । यो सङ्ग्रह हाइकु, मुक्तक र गीतहरूको सँगलो हो ।झापादेखि काठमाडौँ हुँदै यूके पुगेकी लिम्बुले आफ्ना आफ्नी छोरीहरू चेरिशा र शान फुङजस्तै आफ्ना दुवै कृतिहरूलाई सन्तान मानेकी छिन् । संयोगले सबैको जन्म बेलायतकै माटोमा भएको छ । प्रवासी बसाइँ भनेको यान्त्रिक जीवन हो । सूचना र प्रविधिको विकास विद्युती
विराटनगर/ निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच भेटवार्ता भएको छ । काठमाडौँस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको नेता आङ्बोले जानकारी दिए । सो क्रममा आफूले कोशी प्रदेशको राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेको र अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे आफूलाई प्रस्ट पारेको आङ्बोले जानकारी दिए । ‘मैले समग्र प्रदेशको रिपोर्टिङ गरें,’ उनले भने, ‘अध्यक्षज्यूले सरकार ढल्ने कारण बताउनुभयो ।’ भेटमा प्रचण्डले दलाल पुँजी
धरान/ वरिष्ठ कवि कुन्ता शर्मा सम्मानित हुनुभएको छ । इटहरी लेडी जेसीजको जेसीज सप्ताहको समापनको अवसर पारेर वरिष्ठ कवि शर्मालाई नगद सहित सम्मान गरेको छ । कार्यक्रममा शर्मालाई कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकणर् राई र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले सम्मान गरेका हुन । नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको र महिलाहरूकी उत्प्रेरणाकी स्रोत रहेको भन्दै शर्मालाई नगद १० हजार सहित सम्मान गरिएको अध्यक्ष काफ्लेले जानकारी दिइन । कार्यक्रममा कविहरू मनु मञ्जिल, देवान किराती, टीका आत्रेय, हेमन यात्री, प्रज्वल पराजुली, शुभ लक्ष्मी लम्साल, रमेश सायन, युवराज काफ्ले,
धरान/ नेपाली काँग्रेस सुनसरीका संस्थापक नेता गिरिराज आचार्यद्वारा लिखित-सङ्कलित पुस्तक ’जनमत सङ्ग्रह दर्पण’को विमोचन भएको छ । बुधवार वीपी कोइरालाका छोरा काँग्रेस केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले एक समारोह बिच विमोचन गरेका छन् ।आचार्यको दोश्रो संस्करण हो । पुस्तकको पहिलो संस्करण २०४२ सालमा प्रकाशित भएको थियो । त्यस बेला काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला निकट नेताले भव्य समारोह बिच काठमाडौँ विमोचन गराउने वचन दिएका थिए । ६८४ पृष्ठ १८ भागमा प्रकाशित पुस्तक हरि गौतमको ओरिएन्टल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तकको मूल्य १ हजार ६४५ रुपैयाँ छ ।नेपालमा राजा वीरेन्द्रद्वारा
धनकुटा/ अनुसन्धानात्मक लेखहरू सङ्गृहीत पुस्तक ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ गत मङ्गलबार विमोचन गरिएको छ । कार्यक्रममा पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै डा. कमल तिगेलाले चौबिसे थुमका विषयमा अध्ययन गर्न चाहने अनुसन्धाताहरूका लागि पुस्तक सहयोगी बन्ने धारणा राखे । उनले पुस्तकमा केही महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता विषयलाई पनि समेट्न सुझाव दिए । त्यसै क्रममा अर्का टिप्पणीकर्ता कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले आगामी दिनमा गरिने खोज–अनुसन्धानका लागि पुस्तक आधारशिला बनेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ
# कहि खोजे तिमीलाई यो मन दुखाई राख्या छु झर्छ आँसु हेर्छु भनी एउटा फोटो लुकाई राख्या छु # कहिले नछुटिने भन्दै बन्थ्यौ बेहुलि अनि म बेहुला नखानु झुठो कसम बाधिएको डोरी फुकाई राख्या छु # एउटा कुरो सोध्न भनी आजभोलि नचिन्ने भन्छेऊ छोडे लेख्नै पनि कलम भाचि मसी सुकाई राख्या छु # मेरो अन्तिम पल अतीत नभेटिने याद भयौ तिमी कसरी बिर्सिउला माया थियो खबर पुगाई राख्या छु # म गल्ति मानुला आखिर छोड्न पनि मसको मत हो भन्छु थियो नि फरक हाम्रो जात खुलाई राख्या छु ✍️: नवीन खड्का &
इटहरी/ कवि गगन योक्पाङ्देनद्वारा लिखित ‘केवाफुङको गीत’ कविता सङ्ग्रहबारे शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ । तरहराको क्यानभास साहित्य समाजले आयोजना गरेको ‘क्यानभासमा गगन’ कार्यक्रमको क्रममा कवि योक्पाङ्देनले सङग्रहबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’ लगायतका कविता वाचन गरे । कविता वाचन गर्नुअघि उनले आफु गाउँमा बसेर साहित्य साधना गरिरहेको र आफ
धरान/ यहाँस्थित दोभान पार्क गत शनिबार गजलमय बनेको थियो । यस प्रदेशकै विभिन्न स्थानबाट जम्मा भएका गजलकारहरूको उपस्थितिले त्यस दिन दोभान पार्कको वातावरण नै बेग्लै थियो र यो अवसर जुटाएको थियो, भानु भेट्रान्स क्लबले । चैते दसैँको अवसरमा क्लबले आयोजना गरेको ‘गजल उत्सव’ मा सहभागी हुन प्रदेशका विभिन्न स्थानबाट आएका गजलकारहरूले सबैको ध्यान तानेका थिए । शहरको मध्यभाग भए पनि कार्यक्रम स्थल शान्त थियो । गजलकारहरूले विभिन्न भावका गजल सुनाउँदा कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरू त मन्त्रमुग्ध भएका थिए । बाटो हिँड्ने बटुवाहरू पनि केही बेर उभिएर सुन्न बाध्य भएको दृश्य
धरान/बजारमा भर्खरै आएको साहित्यकार कृष्ण बजगाईंको नियात्रा–सङ्ग्रह ‘युङफ्राउ’ बारे सोमबार यहाँ विमर्श कार्यक्रम सम्पन्न भएको छ । बजगाईं बेलायतमा बसेर नेपाली साहित्य लेखनमा योगदान दिइरहेका साहित्यकार हुन् । विमर्शका क्रममा प्राडा सागरमणि सुवेदीले सङ्ग्रहका नियात्राहरू सुन्दर रहेको धारणा व्यक्त गरेका थिए । उनले सङ्ग्रहका नियात्राहरूबाट साहित्यकार बजगाईंमा अनुसन्धाता व्यक्तित्व पनि रहेको प्रस्ट हुने बताए । प्राडा सुवेदीले बजगाईंको नियात्रा आपूmले स्नातक तहका विद्यार्थीलाई पढाइरहेको सुनाउँदै नयाँ सङ्ग्रहका रचनाहरू पनि पाठ्यक्रममा राख्न योग्य धारणा राखे । त्यस क्र