सम्पादकीय नेपाल–भारतबीच सीमा विवाद नयाँ विषय होइन । लामो समयको अनेक प्रयासपछि ९५–९६ प्रतिशत विवाद समाधान भए पनि केही स्थानमा सीमा विवाद यथावत् रहेको दुवै सरकारहरूले स्वीकार गरेका छन् तर यसको दीर्घकालीन समाधानका लागि भारतको अनिच्छा अर्थपूर्ण छ । भारतले यसलाई गम्भीर रूपमा नलिएको देखिन्छ । भारतीय व्यवहारबाट उसले नेपाललाई पेलेरै जाने नीति लिएको हो कि भन्ने स्पष्ट देखिन्छ । सीमा विवाद समाधान गर्न वार्ताका लागि नेपालले पटक–पटक गरेको प्रस्ताव भारतले टार्दै आएको छ । पछिल्लोपटक पनि भारतले पश्चिमोत्तर नेपाली भूभाग समेटेर नक्शा सार्वजनिक गरेको मात्र होइन, नेपाली भूभागमा सडक नै नि
सर्दू कोरिडोरले तोकेको मापदण्डअनुसार निर्माण गरिँदा सर्दू किनारमा बसेका करीब एक हजार सुकुम्बासी परिवार विस्थापित हुने समाचार प्रकाशमा आएको छ । धरानको विकासका लागि यो महत्वपूर्ण आयोजना हो तर विकासका क्रममा मानवको संरक्षणलाई विशेष ध्यान दिनु आवश्यक छ । सर्दू किनारमा रहेका बस्तीहरूलाई उचित व्यवस्थापन नगरी कोरिडोरको निर्माण कार्य अघि बढाउँदा सुकुम्वासी परिवार विस्थापित हुने विषय आएको छ । यो गम्भीर विषय हो । कुनै पनि विकास मानव समुदायको हितविरुद्ध लक्षित हुनु हुँदैन । मानव समुदायकै सुविधाका लागि विकास आयोजनाहरू सञ्चालित हुने भएकाले त्यस्ता विकास आयोजना सञ्चालन गर्दा मानव समुदायको अधिकतम हितलाई ध्य
संसारलाई नै आतङ्कित बनाएको कोरोना–कहरका कारण हाम्रो देशमा बन्दाबन्दी लागू गरिएको आज ७२ दिन भएको छ । औषधि पत्ता नलागिसकेको कारण बन्दाबन्दी (लकडाउन) र भौतिक दुरीलाई नै कोराना भाइरस (कोभिड–१९) बाट जोगिने प्रभावकारी उपाय मानिएको छ । संसारभरिका देशहरू यसै उपायलाई अपनाएर कोराना भाइरससँग जुधिरहेका छौँ । त्यसैले हामीले पनि यही गर्यौं । अझैं पनि यसको खोप र औषधि बनाइसकिएको छैन । विभिन्न देशका वैज्ञानिकहरू खोप र औषधि बनाउने कार्यमा जुटिरहेका छन् तर सफलता प्राप्त भइसकेको छैन । खोप र औषधि बनाउने कार्यमा सफलता प्राप्त नभइसके पनि कतिपय देशहरूले बन्दाबन्दीलाई बिस्तारै खुकुलो बनाउन थालेका छन् । ला