नेपाल प्रवेश गर्न खोज्ने भारतीय माथि सशस्त्रले हवाई फायर गरेर छ । झापाको कचनकवल १ घेराबारीबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी माथि शनिवार बेलुका ९ बजेको समयमा करीब १ सय ५० को संख्यामा आएका भारतीयहरु नेपाल प्रवेश गर्न प्रहरीलाई आक्रमण प्रयास गरेको स्थानीयले बताए । नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५÷१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । पछि भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेका थिए । यता भारतीय नागरिकले सीमा क्षेत्रमा
धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकालाई यौन शोषण गरेको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई धनकुटा नगरपालिका–६ भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार विहानदेखि फरार रहेका आरोपित अधिकारीले शनिबार दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा बिज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको दाबी सहित प्रहरी कार्यालयमा आफै जाने उल्लेख गरेका थिए । त्यसपश्चात करिब चार घण्टापछि उनी भीमनारायण चौकमा निस्किएका थिए । अधिकारीको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्
नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेका छन्। शनिबार नै कोरोनाको संक्रमणबाट सिन्धुपाल्चोको बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २८१ पुगेको छ।
काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उप
प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार १ सय ६१ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ७ सय २० जनाको रिर्पोट नेगेटिभ आएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका ३६ जनामध्ये विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई १७ जना डिस्चार्ज भइसकेका छन् । अब १९ जना उपचारमा अस्पतालमै छन् । यता, प्रदेश सरकारले निर्माण गरेक
विराटनगरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वाड नम्बर ४ इक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल) बलात्कार आरोपमा पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको छ । प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर–४ की १४ वर्षीया बालिकालाई जर्बजस्ती गरेको अभियोगमा जर्बजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको बताएका छन् । गडेरीले घर नजिकै एक जना साथीसँग १४ वर्षीया बालिका बिहान ५ः३० बजेतिर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई मकैबारीमा पु¥याएर बलात्कार गरेको प्रहरीको भनाइ छ । आफूसँगै रहेकी साथ
धरानको कोरोना फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल प्रदान गरेको छ । शनिबार सामाजका अध्यक्ष मिग्मा भोटेले धरान उपमहानगरपालिकाका उप प्रमूख मञ्जु भण्डारी सुवेदीलाई उक्त चामल हस्तान्तरण गरेको थियो । उप प्रमूख मञ्जु भण्डारीले समाजले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे र हाल धरानमा तेस्रो चरणको राहत वितरण भैरहेको जानकारी गराउदै लकडाउन बढ्दै जादा राहत पनि वितरण गर्दै जानुपर्ने भएकाले सवैलाई सहयोग गर्न अनुरोध गरे । हास्तान्तरण कार्यमा समाजकी संरक्षक सदस्य शिला वज्रचार्य, समाजका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । धरान संखुवा समाज सरोकार समाजले धरानमा रहेका संखुवासभा मुल थलो
धरान । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा निस्कीएको विद्यार्थीको समुहलाई इलाका प्रहरी कार्यालय धरानले हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गरेको छ । धरानको महेन्द्र बहुमुखि क्याम्पसबाट निस्कीएको नेविसंघको जुलुसलाई प्रहरी धरानको भानुचौंकमा हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । नाराजुलुस सहित भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघका जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका प
मोरङको पथरी शनिश्चरे नगरपालिकाले बनाएको कोरोना भाइरस जोखिम न्युनीकरण राहत कोषमा सहयोग ओइरिन थालेको छ । गएको १ गते मात्र सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे इलाका समितिको तर्फबाट ७० हजार रूपैयाँ जम्मा हुन गरी चेक हस्तान्तरण गरियो । संगठनका अध्यक्ष गणेश बछाना राईद्वारा नगर प्रमुख दिलिपकुमार राई र राहत संकलन उपसमितिका संयोजक अर्जुनकुमार बुढाथोकीलाई संयुक्त रूपमा उक्त चेक हस्तान्तरण गरिएको हो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूलनाराको भावना र मर्मअनुसार सञ्चालित सहकारी संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो विषम परिस्थितिमा केही न केही योगदान गर्नुपर्छ भन्ने यो सहयोग
धरान । कोरोना संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउन आज सम्म ५२ दिन पुगिसकेको छ । नेपालमा संक्रमितहरुको संख्या बढ्दै गए पछि अझै कति दिन लम्बीने अझै टुङ्गा लागेको छैन् । यस्तो अवश्थामा सबै भन्दा बढी यातायात मजदुरहरु प्रभावित बनेका छन् । एकातिर सरकारले दिएको राहत पाउन सकेका छैनन् भने अर्को तिर रोजगारीनै गुमे पछि दैनिकीमा समस्या थपिदै गएको छ । यातायात मजदुरहरु दिनभरी काम गरेर बेलुका पाएको भत्ताले जिविकोपार्जन गर्ने मजदुरहरु हुन् । चैत्र ११ गते देखिको लकडाउनका कारण जिविकोपार्जनमा समस्या बढ्दै गएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर समितीका अध्यक्ष कमल भट्टराई बताउँछन् । दैनिक ज्याल