बेलबारी / समुदायमा स्तरमा कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर २को बागदेवी सामुदायिक बन उपभोक्ता समहुको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो ।
लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । केही स्थानियतहले भने क्वारेन्टाइनलाई हटाएर आइसोलेसन बनाइरेहका छन भने बेलबारीले भने क्वारेन्टाइनसमेत संचालन गरिरहेको छ । बिभिन्न देशबाट आएकाह?लाई ४ महिना देखी क्वारेन्टाइनमा राखिरहेको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो ।
लक्षण नदेखिएका संक्रमतिह?लाई आइसोलेनसनमा राख्ने र लक्षण देखिएका बिरामीलाई कोभिड अस्पताल रेफर गरिने बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी विश्वकर्माले बताउनु भयो । आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नेह?लाई नगरपनलिकाले आफै खानेको सेमेत ब्यबस्थापन गरीरहेको छ ।
आइसोलेसनमा वाईफाई तथा सिसि क्यामा समेत जडान गरीएको छ भने २४ घन्टानै बत्ती नजाने ब्यबस्था समेत मिलाइएको नगरपालिकाले जनाएको छ ।