विराटनगर, २१ भदौ । प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखि
धरान । विगत सात महिना देखि देशले भाग्दै आएको महामारीको विपद सँग लड्न नागरिकहरुको महत्वपुर्ण भुमिका रहने बताउँदै प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले सामुहिक कार्यको आवश्यक्ता रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक तथा प्रकाशन सहयोगमा प्रकाशित विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अनुसार स्थानीय तहमा हुने विपद व्यवस्थापनमा सबैको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ । भयावह बन्दै गएको कोरोना संक्रमणलाई पराजित गर्न सामुहिक रुपमा एकताबद्ध भएर लड्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिदै देशको समृद्धि र विकाशको लक्ष्यलाई अघि बढाउन विपद न्युनिकरण र विकाशलाई सँगसगै अघि बढाउन
धरान । विपदको जोखिमको हिसाबले सुनसरी संवेदनशिल क्षेत्र रहेको एक तथ्यांकले देखाएको छ । बाढी, पहिरो र सवारी दुर्घटना सहितको विपदको जोखिममा सुनसरी संवेदनशिल रहेको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना सुनसरी २०७७ मा उल्लेख गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती सुनसरीले सार्वजनिक गरेको योजना पुस्तकमा जिल्लामा १० भन्दा बढी प्रकारका प्रकोपहरु हुने गरेको देखिएको छ । पुस्तकको आइतबार एक कार्यक्रमको आयोजना गरि प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारी र समितीका संयोजक सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्रमणी पोखरेलले लोकार्पण गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा
धरान । कोरोना संक्रमण पुष्टि भएको झापाकी एक महिलाको मृत्यु भए सँगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सँख्या २३ पुगेको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराई रहेकी झापाको कन्काई ३ की ४५ वर्षिया एक महिलामा कोरोना पुष्टि भएको थियो । उनको आइतबार बिहान करिब पौने ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृत्तकलाई विगत ७ दिनदेखि कमजोरी, कब्जियत र २ दिनदेखि निमोनिया, ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएपछि उनी झापाको मेची अस्पताल पुगेकी थिइन् । त्यहाँबाट भदौ १८ गते उनलाई वीपीमा रिफर गरिएको थियो । उनको शव व्यवस्थापन
इटहरी । सिंङ्गो मुलुक कोरोनाको कहरमा परिरहदा प्रदेश एकको अन्य जिल्लाहरूको तुलनामा सुनसरी निकै संवेदनशिल मानिएको छ । भारतसंग जोडिएका सबै सिमाहरूमा निगरानी बढाउने देखि, नियमित चेकजाँचमा समेत कडाइ गरिएको थियो । स्थानीय सरकार देखि सुरक्षा संयन्त्र सबै परिचालन गरी जिल्लालाइ निषेधित क्षेत्र तोक्दै कार्यान्वयन पक्ष बलीयो बनाइएको थियो । प्रदेश एकको उदयपुरमा पहिलो पटक कोराना संक्रमण पुष्टी भइरहदा सुनसरीमा उच्च सतर्कता अपनाउनुका साथै कडाइका साथ लकडाउनको पालना भएको थियो । चैत्र महिनाबाट नेपालमा कोरोनाको संक्रमण देखिएपनि बैशाख अन्तिममा प्रदेश एकको जिल्लाहरूमा देखिएको थियो । उदयपुरको भुल्केस्थित एक मस्जिद
काठमाडौ २०७७ भदौ २० शनिबार १६:२२:०९ प्रकाशित / आज थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ । नेपालमा मृतकको संख्या २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २७ हजार १२७ जना रहेका छन् । शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएक
धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भई दुहबीका पत्रकार चन्दन रौनियार ११ दिनको आइसोलेशन बसाई पछि कोरोना परास्त गर्न सफल भएका छन् । ११ दिनको आईसोलेशनको बसाई पछि अगामी दिनमान थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको उनले बताएका छन् । सुनसरीको दुहवीवाट समाचार संकलनका लागि अग्रपंतिमा रही समाचार संकलन गरिरहेका उनको रिपोर्ट पोजेटिभ आएपछि प्रदेश नं. १ मोरङको सुन्दर हरैँचा स्थित प्रदेश सरकारले बनाएको आइसोलेशनमा ११ दिनका बसाई पछि उनले शुक्रबार कोरोनालाई परास्त गरी घर फर्कीएका छन् । घर फर्किए पछि उनले भने “समाजमा कसैलाई कोरोना संक्रमण हुँदा समाजको हे
विराटनगर । कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ । उपचारमा रहेकी एक जनाको कोसी अस्पताल विराटनगर र अर्की महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको रिर्पोट आज बिहान पोजेटिभ आएको कोसी अस्पताल आईसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए । उनी विराटनगर महानगरपालिका वडा नम्बर–४ की बासिन्दा हुन । उनको हिजो साँझ कोसी अस्पतालमा मृत्यु भएको बताउँदौ डा.यादवले भने,“६४ वर्षीया महिलामा ज्वरो, झाडापखाला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।” महिलामा स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि शुक्रबार
शेरबहादुर परियार,पोल्याण्ड/ / "केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्"यसको पर्याय बनेका छन् एनआरएन पोल्याण्डका अध्यक्ष नरेश सापकोटा।उनले नेपाल पत्रकार महासंघको आपतकालीन कोषमा १ लाख बढी रकम सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखा मार्फत महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुने गरी एनआरएनए पोल्याण्डका अध्यक्ष तथा पोल्याण्डका नेपाली व्यवसायी नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। अध्यक्ष सापकोटाले श्रीमती अम्बिका
धरान। हिरासतमै मृत्यु भएका दलित युवाको को न्यायका लागि अनसनमा बसेका पुर्बमन्त्री बिसेन्द्र पासवानलाइ प्रहरीले जबर्जस्ती पक्राउ गरि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा विजय रामको रहश्यमय मृत्यु भएपछि मृतकका परिवारलाई क्षेतिपुर्ती र दोसिलाई कार्वाहीको माग गर्दै पासवान अनसनमा बसेका थिए । उनलाइ अनसनमा वसेको समयमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले गुन्डागर्दी शैलीमा पक्राउ गरेको उनले आरोप लगाएका छन् । विजय रामको रहश्यमय मृत्यु भएपछि मन्त्रि पासवान सहित पुर्व संसद तथा राष्ट्रिय सभा सदस्य रामप्रित पासवान र भिम पै