Top 4

    Showing 7,991-8,000 of 9,409 items.
  • वीपीमा व्यवस्थापनको कमजोरी : ओपीडी बिल काट्नै दुई दिन

    धरान/ उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका बिरामीहरुले घण्टौं लाइनमा उभिएर नाम दर्ता गर्नु पर्ने बाध्यता कायमै रहेको छ । प्रदेश १ र २ का विरामीहरु दैनिक ३ हजार भन्दा बढी उपचारका लागि आउने गर्दछन् । तर बिल काट्ने काउण्टर व्यवस्थापन नहुँदा बिरामीले अझै पनि झञ्झट व्यहोर्नु परीरहेको छ ।दुई दिन अघि पेटको समस्या लिएर ओपीडीमा चेकजाँच गराउन आएकी झापा बिर्तामोडकी सम्झाना मोतेले ओपीडीको बिल काट्नै झन्झटिलो रहेको सुनाईन् । पहिलो दिन त उनले बिल काट्नै पाइनन् । दोस्रो दिन करिब ३ घण्टा लाइनमा बसेर बिल काटिन् । उनी भन्छिन्, ‘यति ठुलो अस्पताल छ, बिल काट्न भने दुई

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 2,067 पटक पढिएको
    • "दिनेश गजमेर"
  • नवयुग भेन्चर प्रालिको पहिलो वार्षिकोत्सब सम्पन्न

    इटहरी/ नवयुग भेन्चर प्रालिले एक कार्यक्रमकाबीच आफ्नो पहिलो वार्षिकोत्सब सम्पन्न गरेको छ ।प्रालिले इटहरीस्थित रोयल रिसोर्टमा आफ्नो पहिलो वार्षिकोत्सब सप्पन्न गरेको हो । उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यमा मंगलबार साँझ इटहरीमा भेन्चरले आफ्नो वार्षिकोत्सब मनाएको थियो । पौडेलले प्रदेश १ मा रहेर नवयुगले एक वर्षमा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे । उनले कोभिडका कारण धेरै व्यवसाय धरासायी भएको भएपनि पछिल्लो समय व्यापार सुधारोन्मुख अवस्थामा आएको बताए । यद्यपि, व्यवसायीका लागि राज्यका तर्फबाट हुने पहल नरहेको उनको गुनास

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनुदानले बढायो आम्दानी

    इलाम / इलाम नगरपालिका–५ का मेघनाथ आचार्यको घरमा सानो गाई थियो । गाईबाट दैनिक दुई÷तीन लिटरमात्र दूध उत्पादन हुन्थ्यो । धेरै दूध दिने गाई किन्ने पैसा पनि थिएन । आफूसँग पैसा नभएपछि धेरै दूध दिने गाई किन्न नसकेका आचार्य दुःखले घर खर्च चलाइरहेका थिए तर गाई किन्नका लागि इलाम नगरपालिकाले अनुदान दिएपछि उनको दैनिक आम्दानी बढेको छ । अनुदानको रकमबाट उनले धेरै दूध दिने गाई किने । अहिले दैनिक २२ लिटरसम्म दूध बेचिरहेका छन् । पहिले दैनिक चार लिटर दूध बेचेर मासिक पाँच हजार दुई सय ८० रूपैयाँ आम्दानी गरिरहेका आचार्य अहिले मासिक २९ हजार रूपैयाँ आम्दानी गरिरहेका छन् । आफूले उत्पादन गरेको दूध सङ

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 1,289 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • काङ्ग्रेस सत्तामा लोभिँदैन: कार्की

    इटहरी / नेपाली काङ्ग्रेस सधैँ लोकतन्त्र र संविधानको रक्षक भएकोले सत्तामा लोभिएर सरकारमा नजाने काङ्ग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । पत्रकार महासङ्घ सुनसरीले सोमबार यहाँ आयोजना गरेको पुरस्कार वितरण समारोहमा कार्कीले भने, ‘तत्काल सरकारमा जाँदैनौँ, हामी जनतामाझ जान्छौँ ।’ मुलुकमा विद्यमान् राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको बताउँदै उनले काङ्ग्रेस प्रतिपक्षमै बस्ने प्रस्ट पारे । कार्कीले पछिल्लो राजनीतिक द्वन्द्वका कारण लोकतन्त्र धरापमा पर्नुका साथै संविधानको अस्तित्व नै सङ्कटमा परेको जिकीर गरे । उनले पत्रकार महासङ्घ सुनसरीले स

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड विरुद्धको खोप लगाउने थोरै

    धरान/ कोभिड–१९ को महामारी विश्वभरि फैलिएपछि यसको रोकथामका लागि खोपसमेत उत्पादन भइसकेको छ । लामो समयपछि उत्पादन भएका खोपहरू नेपालमा समेत लगाउन थालिएको हो । भारत र चीनको सहयोगमा ल्याइएका त्यस्ता खोप लगाउनेको सङ्ख्या भने जनचेतनाको अभावका कारण कम रहेको पाइएको छ । धरान–१४ मा खोप लगाउन पुगेका ६० वर्षीय चन्द्रमणि न्यौपानेले खोप लगाउँदा कोरोना सर्छ कि सर्दैन भन्ने अन्योलमै खोप लगाएको बताए । सामाजिक सञ्जालमा आएका प्रचार र बाहिर सुनिएका हल्लाका कारण खोप लगाउनेको सङ्ख्या थोरै भएको उनकै भनाइबाट प्रस्ट हुन्छ । उनले भने, ‘कसैले यो प्रयोगका लागि आएको औषधि भने, कसैले के भने, हल्लैहल्ला

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 865 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • निगमको ट्यांकरमै राखेर भारततर्फ डिजेल तस्करी, दुई भारतीय पक्राउ

     विराटनगर । भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाटै पुनः भारततर्फ डिजेल तस्करी गर्ने कार्यमा संलग्न दुई जना भारतीय पक्राउ परेका छन । विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी स्थितमा रहेको नेपाल आयल नियम १ नं. प्रदेश कार्यालयबाट भारत जिल्ला अररिया मिरगन्ज बस्ने वर्ष २६ को मोहमद सजाद र वर्ष २१ को ईमरोज आलम पक्राउ परेका हुन । उनहिरुले को १ ख ५९१२ नम्बरको ट्याङकरमा निगमको विनियम तथा प्रचलित कानुन विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको प्रहरीको भनाई छ । दुबैले नेपालतर्फबाट ट्यांकरमै लोड गरेर पुनः भारततर्फ डिजेल तस्करी गर्ने तयारी गरेका थिए । बुढीगंगा गाउँपालिकाको

    • प्रकाशित मितिः चैत २, २०७७
    • 972 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षामा बाधक बन्दै भारतीय नाका : जति कडाइ, त्यति तस्करी

    इटहरी /  एक साताअघि सुनसरीको भन्टाबारी नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले त्यसकै भोलिपल्ट अर्काे सीमा क्षेत्रबाट हतियारसहित एकजनालाई पक्राउ गरेको थियो । सुनसरीसँग सीमा जोडिएका हरिनगरा र भन्टाबारीबाटै प्रहरीले अवैध बोइलर कुखुरा, अन्डा र लत्ताकपडाहरू पनि बरामद गरकेको छ । जाँचकै क्रममा प्रहरीले आइतबार पनि भन्टाबारी नाकाबाटै अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा को विभिन्न जातका १०० किलो माछा बरामद गरी नष्ट गरेको छ । यसरी भारतीय नाकाहरूबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरी थप चुनौतीको सामना गर्न बाध्य बनेको छ । नेपाल स

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,245 पटक पढिएको
    • "तेजबहादुर बन"
  • चतराको स्वास्थ्य केन्द्रमा थप सेवा सञ्चालन

    वराहक्षेत्र / वराहक्षेत्र–२ को चतरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले फिजियोथेरापी र थाइराइड परीक्षण सेवासहितको प्रयोगशालासञ्चालनमा ल्याएको छ ।नयाँ स्वास्थ्य सेवा आइतबार उद्घाटन गरिएको छ । सो अवसरमा स्वास्थ्य उपकरण हस्तान्तरण एवम् सम्मान कार्यक्रम पनि गरिएको थियो । केन्द्रले आन्तरिक व्यवस्थापनमा सञ्चालन हुने गरी सेवा विस्तार गरेको हो । केन्द्रको सभा हलमा सम्पन्न कार्यक्रममा चक्रघट्टीको न्यू सङ्गीता मेडिकल हलले फिजिसियन स्वास्थ्य उपकरण र सेवाग्राही प्रतीक्षालयका लागि कुर्सीहरूसमेत हस्तान्तरण गरेको छ । मेडिकल हलका सञ्चालक सुरेन्द्रप्रसाद गुप्ताले ५ लाख रूपैयाँ बराबरका सामग्री प्रद

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,262 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि दमकलाई

    इटहरी/  मोरङको सुन्दरहरैँचास्थित गछियामा सम्पन्न एक नम्बर प्रदेशस्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक जनसहयोग युवा क्लब सुन्दरहरैँचालाई ३–० को सोझो सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो । उपाधि विजेता दमकले १ लाख १ हजार १ सय ११ रूपैयाँसहित ट्रफी पाएको छ । उपविजेतामा चित्त बुझाउन बाध्य आयोजकले ५१ हजार १ सय ११ रूपैयाँ र ट्रफी पाएको छ ।यस्तै, आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा सुनसरीको रामधुनीलाई पराजित गर्दै विमान ट्रेडर्स बिर्तामोड विजयी भएको छ । तेस्रो भएको बिर्तामोडले नगद २५ हजार १ सय ११ रूपैयाँ र ट्रफी हात प

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,111 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा बैठक फेरि अनिश्चित : अब के हुन्छ मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव ?

    विराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । सोमबारका लागि तय भएको बैठक प्रदेशसभा सचिवालयले आइतबार सूचना टाँस गरेर स्थगित गरेको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध सदनमा अविश्वास प्रस्ताव पेस भएको छ तर यस विषयमा छलफल हुने कि नहुने भन्ने प्रक्रियागत अन्योलबीच प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना टाँस गरी बैठक स्थगित गरिदिएका छन् । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले अर्को बैठक कहिले बस्ने भन्ने टुङ्गो नभएको जानकारी दिइन । भनिन्, ‘फेरि छलफल भई अर्को बैठकको मिति तोकिनेछ ।’ प्रमुख विपक्षी काङ्ग्रेसले सरकार संसद्प्रति गैरजिम्मेव

    • प्रकाशित मितिः चैत २, २०७७
    • 797 पटक पढिएको
    • "कुमार लुइँटेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved