काठमाडौं/ दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भव्य रूपमा सुरु हुँदैछ। उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आज दिउँसो ४ बजे आमनेसामने हुनेछन्। यस सिजनका सबै खेल दिउँसो र राति त्रिवि मैदानमै हुनेछन्। मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपीएलमा लिग चरण, तीन प्लेअफ र फाइनल गरी जम्मा ३२ खेल सञ्चालन हुनेछन्। टिकट मूल्य: उद्घाटन खेल साधारण : रु ५०० प्रिमियम : रु १५०० लिग चरण तथा अन्य दिनका खेल: साधारण : रु ५०० प्रिमियम : रु १०००
धरान/ धरान सिटी फुटबल क्लबद्वारा पहिलोपटक आयोजना गरिएको ‘प्रथम धरान सिटी रनिङ कप अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता’ स्वर्णिम फुटबल क्लब, धरान–१०ले दमदार प्रदर्शन गर्दै जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा स्वर्णिमले धरान–१८ का टेम्के फुटबल क्लबलाई २–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो। पहिलो हाफमा दुवै टिमले आक्रमण र प्रत्याक्रमण गर्दै दर्शकलाई रोमाञ्चित बनाए पनि कुनै गोल हुन सकेन। खेलको गति झनै चर्किएको दोस्रो हाफको २६औँ मिनेटमा स्वर्णिमका जर्सी नं. ८ दोजे तामाङले गरेको गोलले खेलको मोड नै बदलियो। टेम्केले बराबरी गर्ने प्रयास गर
वराहक्षेत्र/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वराहक्षेत्र नगर समितिले आयोजना गर्ने खेलकुद सप्ताह मंसिर ५ गतेदेखि सुरु हुने भएको छ। मंसिर १३ गतेसम्म चल्ने खेलकुद महोत्सवमा वराहक्षेत्रका १९ वटा निजी विद्यालयका १ हजार ४४ जना विद्यार्थी खेलाडीका रूपमा प्रतिस्पर्धा गर्न तयार छन्। शनिबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिँदै प्याब्सन वराहक्षेत्र नगर समितिले यस वर्षको खेलकुद सप्ताहलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने बतायो। प्याब्सन वराहक्षेत्र नगर समितिका अध्यक्ष खेमराज राईका अनुसार फुटबल, व्याडमिन्टन, म्याराथन, ५ किलोमिटर रन लगायतका विभिन्न विधा
ईटहरी/ सुनसरीको ईटहरी उप–महानगरपालिका–१३ सोमबारेमा लागू औषध कारोबार भइरहेको विशेष सूचना पाएपछि कोशी प्रदेश लागू औषध ब्युरो विराटनगर र प्रहरी चौकी खनारको संयुक्त टोलीले लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ। १७:४० बजे गणेश पेट्रोल पम्प अगाडिबाट २ वटा बोरा राखेर बसिरहेका आकाश पटेल र रवि सरदार लाई प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको बोरा खोल्दा प्याक गरिएको अवस्थामा २५ किलो (पच्चिस किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ। दुवैलाई गाँजासहित नियन्त्रणमा लिएर&n
धरान/ सुनसरीको धरान उप–महानगरपालिका–१७ र २० को सिमाना, चुम्पुले खोलाको जंगल क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा राति २३:२५ बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको PIT टोली त्यहाँ पुगेको थियो। टोलीलाई देखेपछि करिब १०–११ जना भरीयाहरू भारी बोकेकै अवस्थामा भाग्दै जंगलतर्फ फरार भएका थिए। उनीहरूले बोकिरहेका बोरा फालेर भागेपछि प्रहरीले खोलेर जाँच गर्दा १० वटा बोराभित्र प्याक गरिएको २६८ किलो (दुई सय अर्सठी किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको सबै लागू औषध अहिले इलाका प्रहरी कार्यालय धरानमा ल्याई
धरान/ महँगी दिनहुँ बढ्दै गए पनि आफूहरूको ज्याला भने वर्षौँदेखि उही रहेको गुनासो धरानका विभिन्न क्षेत्रका श्रमिकहरूले गरेका छन्। जिफन्ट (जेनरेशन फ्रेन्ड्स अफ नेपाल ट्रेड युनियन) ले शनिबार धरानमा आयोजना गरेको श्रमिक–संवाद कार्यक्रममा सहभागी मजदुरहरूले आफ्नो वास्तविक दुःख–पीडा खुलाएर राखे। संवादमा निर्माण मजदुर, यातायात मजदुर, अटो–मेकानिक्स, उद्योगका मजदुर, सुरक्षा श्रमिक, सरसफाइ कर्मचारी, लोड–अनलोड मजदुर, स्वास्थ्य स्वयंसेवी तथा सौन्दर्यकर्मीलगायत विभिन्न क्षेत्रका ४५ जना श्रमिक अगुवाहरूको सहभागिता थियो। वर्षौंदेखि चार सय रुपैयाँ भत्तामा काम गरिरहेको बताउँदै स्वास्थ्य
धरान/ धरान–१२ स्थित एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीहरूले कक्षा–११ मा भर्ना भएका नवआगन्तुकहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरेका छन्। धरान–१५ को सदन सभाहलमा शनिबार आयोजित विशेष कार्यक्रममा नयाँ यात्रामा प्रवेश गरेका विद्यार्थीको उत्साहजनक सम्मान गरिएको थियो। कार्यक्रममा एम्स क्रियटिभ ग्रुपकी अध्यक्ष बिनुसा तामाङ, एकेडेमीका संयोजक दुर्गा सुवेदी, प्रिन्सिपल सन्तोष कोइराला, साथै सुबास पौडेल, युवराज अधिकारी, सन्जिव उदास र फडिन्द्र खतिवडालगायतले अबिर र खदा लगाएर नवआगन्तुक विद्यार्थीलाई हार्दिक स्वागत गरे। स्वागत मन्तव्य राख्दै संयोजक सुवेदीले एम्स एकेडेमीले हा
धरान/ विशेष सूचनाका आधारमा खटिएको प्रहरीले धरानका विभिन्न क्षेत्रमा एकै दिन तीन छुट्टाछुट्टै अप्रेसन चलाउँदै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। दुई जना नियन्त्रणमा परेका छन् भने दुई जना मोटरसाइकल छाडेर फरार छन्। १.बौद्धविहार–कोशी राजमार्गबाट ४९ किलो गाँजा बरामद, दुई चालक फरार शुक्रबार राति २२:२० बजे धरान–४ बौद्धविहार नजिकै कोशी राजमार्गमा PIT, प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र भेडेटारको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेका को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका दुई मोटरसाइकल रोक्ने प्रयास गरेको थियो। तर दुवै चालकले मोटरसाइकल नरोकी भाग्
झापा/ घाँस काट्न निस्केकी एक २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको घटनाले झापा अहिले तातेको छ। बालुवा झैँ शान्त साँझमा घाँस काट्न घरअघि निस्केकी ती महिलालाई ४२ वर्षीय पुरुषले जबरजस्ती तानेर पसलभित्रै लगेर बलात्कार गरेको आरोप लागेको हो। कात्तिक २७ गते साँझ करिब ६ बजे भएको भनिएको यो घटनाबारे महिला पक्षले दिएको लिखित जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। करिब एक वर्षदेखि माइतीघरमा बस्दै आएकी ती महिलामाथि जबरजस्ती हात समातेर तान्दै लगिएको जाहेरीमा उल्लेख छ। घटनापछि कात्तिक २८ गते दिउँसो १ बजेतिर पीडित पक्षले जिल्ला प्रहरी कार्यालय झापामा औपचारिक उजुरी दर्ता गरेका थिए। उजुरी
काठमाडौं/ प्रतिनिधिसभा विघटनलाई “प्रतिगामी कदम” भन्दै विरोधमा उत्रिएको नेकपा (एमाले) ले आज देशभरका ७७ वटै जिल्लामा एकैसाथ जनप्रदर्शन र जनसभा गर्दैछ। प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेले चरणबद्ध जनपरिचालनलाई आज देशव्यापी बनाएको हो। एमालेले यसअघि नै वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तहसम्म जनआन्दोलन विस्तार गर्ने निर्णय गरेको थियो। सोही अनुसार भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन, तोडफोड–लुटपाट–आगजनीमा संलग्न दोषीमाथि कारबाही र संसद् पुनःस्थापनाको माग राख्दै देशभर विरोध कार्यक्रम चलाइरहेको छ। कार्तिक २५ मा स्थानीय तहस्तरबाट सुरु गरिएको प्रदर्शनलाई आज