विमानस्थलबाट ब्राउन सुगरसहित युवती पक्राउ

  • माघ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भद्रपुर/ झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन्।

विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।

माघ १९ गते साँझ भद्रपुरबाट काठमाडौँ जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढाले लुकाई–छिपाई राखेको अवस्थामा लागू औषध फेला परेको प्रहरीले जनाएको छ।

नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको खानतलासीमा उक्त परिमाणको ब्राउन सुगर बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकी बुढालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइ जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाएको छ। विमानस्थलमार्फत लागू औषध ओसारपसार हुन नदिन सुरक्षा सतर्कता अझ कडा बनाइएको प्रहरीको भनाइ छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved