विराटनगर । कोसी अस्पताल विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसोलेसन विभागका प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । यादवका अनुसार संक्रमित पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । उनी सोमबार दिउँसो अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाउँदा रिर्पोट पोजेटिभ आएको थियो ।
इलाम / भन्सार छली नेपाल ल्याईएको मदिरा प्रहरीले बिभिन्न स्थानकाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउदै गरेको मदिरा बरामद गरेको हो ।इलाम नगरपालिका ७ जिरोमा प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिईएको टोलिले सूर्योदय नगरपालिका २ का पुर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजादै गरेको मे १ ज २१७६ नंम्बरको मारुती भेन र १३२ बोतल भारतीय सिक्केमे रम बरामद गरेको छ । प्रहरीले भेन चालक तामाङ सहित उक्त मदिरा र गाडी कर दाता सेवा कार्यालय इलाममा बुझाएएको छ । त्यसै सूर्योदय नगरपालिका १० नयाँचोक स्थित कल्पना तामाङले संचालन
बेलबारी । बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ संचालन गरीरहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रद्यानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । बैठकले परिक्षा संचालन गर्नका लागि एक समिति समेत गठन गरेको छ । गोबिन्द भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा खगेन्द्र लुइटेल, टेक नारायण शाह, भुपाल बस्नेत, सदस्य रहेका छ
धरान । कोरोनाको कारण स्थगीत रहेको विश्वव्यापी यलम्बर संगित प्रतियोगिताको अडिसन लकडाउन खुले सँगै शुरु भएको छ । साँस्कृतिक जागरण गर्ने उद्देश्यले विगत ६ वर्ष देखि किरात राई साँस्कृतिक कलाकार संघले प्रतियोगिताको आयोजना गर्दै आएको छ । जेठ २२ गते हुदै आएको प्रतियोगिता यस वर्ष कोरोनाको कारण रोकिएकाले भदौ २७ गते देखि खुल्ला गरिएको संघले जनाएको छ । किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा छैठौं संस्करणको प्रतियोगिताको अडिसन अनलाईनबाट हुने भएको छ । कोरोनाको कारण अनलाइन मार्फत प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको अडिसन भदौं २७ गते देखी नै खुल्ला गरिएको संघका अध्यक्ष राम
विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिए संगै ६ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकाश मन्त्रालयका अनुसार सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको छ । सुनसरीमा संक्रमण पुष्टि भएका ३६ जना मध्ये १२ महिला र २४ पुरुष रहेका छन् । त्यसै गरि मोरङमा ३० जना संक्रमित मध्ये ९ महिला र पुरुष ११ जना रहेका छन् । उता ओखलढुङ्गामा ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ भने खोटाङमा २ पुरुषमा संक्रमण देखिएको छ । झापामा २ पुरुष, धनकुटा र इलाममा १–१महिलामा कोरोना पुष्टि भएको
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भएर आए देखिनै व्यवस्थापनमा विवादित बन्दै आएका डा. ज्ञानेन्द्र गिरीले चिकित्सकहरुको माग प्रति चासो देखाउनुको साटो आफु अनुकुलका विभागमा कर्मचारीहरु सरुवामै व्यस्त बनेका छन् । प्रतिष्ठानमा उपकुलपति भएर आए पछि उनले कार्यकारिणी सदस्यहरु सँग सल्लाहनै नगरी आफु खुशी निर्णय गरेको आरोप लागेको थियो । त्यस पछि क्रमशः सिनेट बैठकमा लाने प्रस्ताव, कर्मचारीको सरुवा उनको विवादित विषयहरु हुन् । कोरोनाकै त्रासमा घोषित लकडाउनको बिचमा प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी सम्हाल्न आइपुगेका डा. गिरीलाई पहिलो चरण देखि नै चिकित्सकहरुले आफ्ना मागहरु पेश गरेका थ
धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । विहिबार राती उपचारमा रहेका धरान २ का एक ३८ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्तकलाई घरबाट प्रतिष्ठानको इमर्जेसीमा ल्याएको र असोज १२ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो । उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । दिर्घरोगको विषयमा कुनै जानकारी नरहेको तर प्रतिष्ठानको इमर्जेसिमा परीक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर
धरान । सर्दु खोलामा पुल बने पछि राहत मिलेको धरान २० स्थित विष्णुपादुकाका विद्यार्थीहरुलाई समेत घर बाटै विद्यालय धाउन सहज बनेको छ । वर्षाको समयमा धरानमै डेरा लिएर बस्नुपर्ने बाध्यता पनि हटेको छ । धरानका कलेज तथा विद्यालयमा अध्ययनरत विष्णुपादुकाका विद्यार्थीहरु अहिले सहज रुपमा घरबाटै धाउन सक्ने भएका छन् । वर्षामा सर्दु खोलामा आउने बाढीका कारण उनीहरु डेरा लिएर बस्ने गरेका थिए । पुल संचालनमा आए पछि डेरामा बस्नु पर्ने र अनावश्यक खर्च समेत कटौति भएको स्थानीय ओम सुच्चा राई बताउँछन् । उनले भने, अहिले डेरा बस्नु पर्ने, डेरा बस्दा हुने अनावश्यक खर्च समेत जोगिएको छ, उनीहरु अहिले घरबाटै विद्यालय धाउन सक्
पथरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संघ, लेटाङले हिजो बिहीबार स्थानीय महिला अधिकारकर्मी र पार्टी कार्यकर्तामाझ सम्पन्न भेटघाट र बृहत्तर विषयगत छलफलपछि नगर कमिटी गठन गरेको छ । नेकपाले आफ्नो सुस्पष्ट राजनीतिक बैचारिक एकता सहितको संगठनात्मक एकता प्रक्रियालाई अघि बढाएसँगै पार्टीसम्बद्ध जनसंगठनको एकता प्रक्रिया पनि सघन ढंगले अघि बढेको छ । यो हिसावले हेर्दा– स्थानीय पालिका तहमा संगठन निर्माणको यो क्षण मोरङ जिल्लाकै पहिलो घटना हो, अनेमसंघ लेटाङले धेरैलाई उछिनेको छ र नेतृत्वमा रहनुभएका परिपक्व साथीहरूमाझ कमिटी गठन भएको छ– नगर पार्टी अध्यक्ष कृष्ण लम्सालले बताउनुभय
धरान / पछिल्लो २४ घण्टामा दशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८९३ जना निको भए सगै जम्मा निको हुनेको संख्या ४९ हजार ९सय५४ पुगेको छ भने मृतकको संख्या ४ सय ३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ।